२०८३ साउन २१ गते बिहीबार

रामजीप्रसाद बराल विरुद्ध आयोगमा उजुरी

रामजीप्रसाद बराल विरुद्ध आयोगमा उजुरी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ३० गते बुधबार १२:०२

कोषमा बुझाउनुपर्ने ३८ लाख २४ हजार ७०८ रुपैयाँ नबुझाएकाले कालोसूचीमा रहेको उल्लेख छ ।

पोखरा

कास्की ३ का प्रतिनिधि सभाका उम्मेदवार रामजीप्रसाद बराल विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका बराल कालो सूचीमा रहेको भन्दै बुधबार उजुरी परेको हो ।

युवा तथा खेलकुद मन्त्रालयको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कालो सूचीमा रहेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्फत निर्वाचन आयोगमा बोधराज सुवेदीले उजुरी दिएका हुन । कोषमा बुझाउनुपर्ने ३८ लाख २४ हजार ७०८ रुपैयाँ नबुझाएकाले कालोसूचीमा रहेको उल्लेख छ । गण्डकी माछापुच्छ«े सञ्चार सहकारीले तिर्नुपर्ने रकम समयमा नतिरेकाले कोषले कालो सूचीमा राखेको हो । बराल गण्डकी प्रदेशका अर्थ मन्त्रीसमेत हुन् ।

उजुरीमा निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) मा प्रचलित कानुन बमोजिम कालो सूचीमा रहेको अवधिभर उम्मेदवार हुन अयोग्य भएकाले कारबाही गर्न उजुरीमा माग गरिएको छ ।

गण्डकी माछापुच्छ«े सञ्चार सहकारीले तिर्नुपर्ने रकम नतिरेपछि २०७६ माघमा बराल सहित १५ जनालाई कालो सूचीमा राखेको थियो ।

प्रकाशित मिति २०७९ कात्तिक ३० गते बुधबार १२:०२
हजुरको प्रतिक्रिया