२०८३ असोज २३ गते शुक्रबार

बर्खास्त मन्त्री खड्काको चेतावनीः निर्वाचनपछि सनसनी खुलासा हुनेछ

बर्खास्त मन्त्री खड्काको चेतावनीः निर्वाचनपछि सनसनी खुलासा हुनेछ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १ गते बिहीबार ११:५१

‘निर्वाचन पछाडि माननीय मुख्यमन्त्रीसँग बसेपछाडि अडियो र भिडियो प्रमाणसहित आउने स्थिती बन्छ । यदि मुख्यमन्त्रीले मलाई यि कुराहरुको चित्त बुझ्दो जवाफ दिनुभएन भने त्यो बारेमा कुनै दिन म यहाँहरुसंग कुरा गरौंला’, पत्रकार सम्मलेनमा उनले भने ।

पोखरा

बर्खास्तमा परेका गण्डकी प्रदेशका भौतिक पुर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले गण्डकीमा पूर्व पदाधिकारीलाई सुविधा दिने प्र्रस्ताव क्याविनेटमा लैजाने तयारी भईरहेको खुलसा गरेका छन् । ‘एउटा प्रस्ताव क्याविनेटमा आउदैछ भन्ने मेरो आँकलन छ । त्यो के भन्दाखेरी पूर्वपदाधिकारीलाई गाडी लगायत थुप्रै सुविधा दिने । यसमा म लगायत अर्का दुई जना मन्त्रीले पनि यो प्रस्ताव आयो भने तत्क्षण राजीनामा दिएर पत्रकार सम्मेलन गरेर जनतामा जान्छौं यो गर्न पाइदैैन भनेका थियौं’, उनले भने । निर्र्वाचनको आचारसंहिता सकिने वित्तिकै प्रस्ताव क्याविनेटमा लगिने उनको जिकिर छ ।

विहिबार पत्रकार सम्मेलन गर्दै निर्वतमान मन्त्री खड्काले एक डेढ करोडका गाडीहरु खरिद गर्न प्रकृया अगाडि बढाएको गन्ध पाएको सुनाए । यहीं प्रस्तावमा विमती राख्दा आफू मन्त्री पदबाट बर्खास्ती भएको हुन सक्ने उनको आशंका छ ।

खड्काले निर्वाचन सकिएपछि मुख्यमन्त्रीसँग छलफल गरेर सनसनीपूर्ण खुलसा गर्ने चेतावनीसमेत दिएका छन् । ‘निर्वाचन पछाडि माननीय मुख्यमन्त्रीसँग बसेपछाडि अडियो र भिडियो प्रमाणसहित आउने स्थिती बन्छ । यदि मुख्यमन्त्रीले मलाई यि कुराहरुको चित्त बुझ्दो जवाफ दिनुभएन भने त्यो बारेमा कुनै दिन म यहाँहरुसंग कुरा गरौंला’, पत्रकार सम्मलेनमा उनले भने ।

मुख्यमन्त्री पोखरेलको निर्वाचन क्षेत्रमा १ सय करोडको पूल बनाउन नदिएपछि आफूसंग सम्बन्ध चिसिएको खड्काले बताए । ‘जबकी त्यहीं नजिकै मोटरेवल पुल छ । प्रदेशले १ सय करोडको पुल बनाउदैन हुदैन, पाँच पाँच करोडका २० वटा बनाउँन माननीय मुख्यमन्त्री ज्यू भनेर मैले उहाँको प्रतिवाद गरे’, उनले भने, ‘मैले मात्रै होइन मेरो पुरै मन्त्रालयको टिम कोही पनि तयार छैन १ सय करोडको पुल बनाउन ।’ कर बढाउने विषयमा मुख्यमन्त्री र अर्थमन्त्रीको मिलेमतो रहेको उनको प्रस्टोक्ति छ ।

मन्त्री खड्कालाई मंगलबार गण्डकीको भौतिक पुर्वाधार मन्त्रीबाट हटाईएको थियो । नेपाली कांग्रेस नेतृत्वको गण्डकी सरकारले कांग्रेसबाटै मन्त्री बनेका खड्कालाई मुख्यमन्त्री पोखरेल र कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापालाई असहयोग गरेको आरोपमा हटाएको हो ।

विन्दुकुमार कास्की २‘ख’ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार छन् । सोही क्षेत्रबाट खड्का उम्मेदवारी दिन चाहान्थे । पार्टीले टिकट नदिएपछि खड्काले थापालाई सहयोग नगरेको आरोप छ । टिकटको छिनोफानो नहुँदासम्म खड्काले गण्डकी प्रदेशको आगामी मुख्यमन्त्री आफू भएको बताउदै हिँडिरहेका थिए । तर, काम चलाउ सरकारबाट समेत उनलाई हटाइएको छ । थापासँगको टक्करका कारण खड्कालाई हटाइएको चर्चा चलेको छ ।

विन्दुले निर्वाचन क्षेत्र बाहिर आफ्ना प्लटिङमा पुग्ने सडकलाई बजेट विनियोजन गरेको खड्काले खुलाए । मन्त्री पदबाट हटाएपनि कांग्रेसको राजनीति नछाड्ने उनले प्रस्ट पारे ।

 

प्रकाशित मिति २०७९ मंसिर १ गते बिहीबार ११:५१
हजुरको प्रतिक्रिया