२०८३ कात्तिक ११ गते मंगलबार

पाेखरामा बिहिबार थपिए ८ संक्रमित

पाेखरामा बिहिबार  थपिए ८ संक्रमित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २२ गते बिहीबार ०४:२९

पोखरा । बिहिबार पोखराका ८ सहित गण्डकी प्रदेशमा थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहिबार पोखरामा संक्रमित हुनेहरुमा पाेखरा- ८ का १ महिलासहित ३ जना, पोखरा -१७ का २ जना पुरुष तथा पोखरा- ४,६ र १० का एक एक जना पुरुष रहेका...

गण्डकी प्रदेशमा थप ८० जनामा संक्रमण पुष्टि

पोखरा । बिहिबार पोखराका ८ सहित गण्डकी प्रदेशमा थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहिबार पोखरामा संक्रमित हुनेहरुमा पाेखरा- ८ का १ महिलासहित ३ जना, पोखरा -१७ का २ जना पुरुष तथा पोखरा- ४,६ र १० का एक एक जना पुरुष रहेका छन ।

प्रदेशमा, बर्दघाट सुस्तापूर्व नवलपरासीमा ५७ जना, बाग्लुङ्मा १२ जना, गाेरखाका १० जना, पोखराका ८ जना, तनहुँका २ जना र लमजुङका एक जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

बिहिबार थप संक्रमितसहित गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ४ सय ८१ पुगेको छ ।

यस्तै, पोखरामा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको ज्यान गएको छ । पोखरा-१६ का ८३ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजेर ४३ मिनेट जाँदा ज्यान गएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।

असोज १३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएका उनी हाइपरटेन्सन, डाइबिटिज तथा मृगौलाको रोगबाट ग्रसित थिए ।

 

प्रकाशित मिति २०७७ असोज २२ गते बिहीबार ०४:२९
हजुरको प्रतिक्रिया