२०८३ साउन २१ गते बिहीबार

उम्मेदवार बरालले पोखरा २२ को महेश्वरी मा.वि.मा मतदान गरे

उम्मेदवार बरालले पोखरा २२ को महेश्वरी मा.वि.मा मतदान गरे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ४ गते आइतबार १२:४२

पोखरा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र नं.–३ प्रतिनिधि सभाका प्रत्यासी रामजीप्रसाद बराल जीवनले पोखरा २२ को महेश्वरी मा.वि.मा मतदान गरेका छन्। गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री समेत रहेका उम्मेदवार...

पोखरा

पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र नं.–३ प्रतिनिधि सभाका प्रत्यासी रामजीप्रसाद बराल जीवनले पोखरा २२ को महेश्वरी मा.वि.मा मतदान गरेका छन्।

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री समेत रहेका उम्मेदवार बरालले आइतबार बिहान करिब ७ः०० बजे महेश्वरी मा.वि.को ग मतदान केन्द्रमा मतदान गरेका हुन्।

पोखरा २२ मा ३ मतदान स्थलमा ७ केन्द्र रहेका छन भने जसमा ६ हजार ८ सय ४ जना मतदाता रहेका छन्। यस अघि २०७४ सालको निर्वाचनमा उनले आफ्नो मत आफैलाई राख्न पाएका थिएनन्।

बाम गठबन्धनबाट उम्मेदवार भएका बरालले २०७४ मा कास्की निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट विजयी भएका थिए । यसपाली बरालसंग नेकपा एमालेका नेता दामोदर बैरागीसंग  चुनावी प्रतिष्प्रर्धा हुदै छ ।

प्रकाशित मिति २०७९ मंसिर ४ गते आइतबार १२:४२
हजुरको प्रतिक्रिया