२०८३ साउन २१ गते बिहीबार

तनहुँका मतदातामा देखिएन उत्साह (तस्बिरसहित)

तनहुँका मतदातामा देखिएन उत्साह (तस्बिरसहित)

विनोद ढुंगाना

@Public 4K Tv

२०७९ मंसिर ४ गते आइतबार ०३:५६

स्थानीय तहमा घण्टौंसम्म मतदाताले पालो पर्खेर बस्नुपर्ने बाध्यता भएका मतदानस्थलसमेत सुनसान बनेका छन् ।

पोखरा
तनहुँका १४२ मतदानस्थलका ३०५ मतदान केन्द्रमा विहानैदेखि मतदान जारी छ । तर, कहीँ पनि भिडभाड छैन् ।

स्थानीय तहमा घण्टौंसम्म मतदाताले पालो पर्खेर बस्नुपर्ने बाध्यता भएका मतदानस्थलसमेत सुनसान बनेका छन् । मतदानस्थल मतदाताको पखाईमा छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म ३५ प्रतिशत मत खसेको छ । तनहुँमा २ लाख ४८ हजार २९५ मतदाता छन् ।

यसपालि जिल्लामा ५० प्रतिशत बढी मत नखस्ने अनुमान गरिन्छ । मतदाताको उत्साहप्रद सहभागिता नभएपनि जिल्लामा किरियापुत्रीदेखि अपांग अशक्त र ज्येष्ठ नागरिक मतदानमा सहभागि छन् । तनहुँमा जारी मतदान तस्बिरमा हेरौं:

 

प्रकाशित मिति २०७९ मंसिर ४ गते आइतबार ०३:५६
हजुरको प्रतिक्रिया