२०८३ साउन २१ गते बिहीबार

स्याङ्जाको चापाकोट–१ मा रोकिएको मतदान पुन सुचारु

स्याङ्जाको चापाकोट–१ मा रोकिएको मतदान पुन सुचारु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ४ गते आइतबार ०४:३६

स्याङ्जा – स्याङ्जाको चापाकोट–१ मा रहेको भानु माध्यामिक विद्यालय मतदान केन्द्रमा रोकिएको मतदान पुन सुचारु भएको छ । डेढ घण्टा अवरुद्ध भएको मतदान प्रक्रिया अहिले पुन सञ्चालनमा आएको स्याङजा प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले...

स्याङ्जा – स्याङ्जाको चापाकोट–१ मा रहेको भानु माध्यामिक विद्यालय मतदान केन्द्रमा रोकिएको मतदान पुन सुचारु भएको छ । डेढ घण्टा अवरुद्ध भएको मतदान प्रक्रिया अहिले पुन सञ्चालनमा आएको स्याङजा प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिए ।

आज भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा नेकपा एमालेका प्रतिनिधि वडा सदस्य सन्तोष थापा र कांग्रेस प्रतिनिधि भरत वस्तीबीच विवाद भएपछि मतदान रोकिएको हो । मत नै तलमाथि गर्ने स्थिति आइसकेपछि प्रहरीले एक राउन्ड हवाइ फायर गरेर वातावरण शान्त बनाएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए ।

यस्तै गल्याङ नगरपालिका मनहरी खर्कमा पनि विवादका कारण केही समय मतदान पक्रिया रोकिएको थियो । सो ठाउँमा पनि एकराउण्ड हवाई फायर गर्नुपरेको थियो ।

प्रकाशित मिति २०७९ मंसिर ४ गते आइतबार ०४:३६
हजुरको प्रतिक्रिया