२०८३ कात्तिक १० गते सोमबार

कास्कीमा सुनसान मतदानस्थल (तस्बिरसहित)

कास्कीमा सुनसान मतदानस्थल (तस्बिरसहित)

दुर्गा रानामगर

@Public 4K Tv

२०७९ मंसिर ४ गते आइतबार ०५:१२

पोखरा पोखरा १३ मा मतदान केन्द्रमा पुगेकी सीता सुवेदी मतदान गर्ने मनस्थितिमा थिइनन् । तर पछि उनलाई आफ्नो मताधिकार सुनिश्चित गर्नका लागि मतदान गर्नुपर्छ भन्ने लाग्यो । सुवेदीले मतदान दिइन् तर उनमा मतदान गर्नुको खासै उत्साह छैन...

पोखरा

पोखरा १३ मा मतदान केन्द्रमा पुगेकी सीता सुवेदी मतदान गर्ने मनस्थितिमा थिइनन् । तर पछि उनलाई आफ्नो मताधिकार सुनिश्चित गर्नका लागि मतदान गर्नुपर्छ भन्ने लाग्यो ।

सुवेदीले मतदान दिइन् तर उनमा मतदान गर्नुको खासै उत्साह छैन । उनी भन्छिन्, ’सधै एउटै मान्छे आउँछन् । नयाँ अनुहार, युवाले मौका पाउदैनन् ।’

सुवेदीजस्तै मतदान गर्न आउने मतदाताहरुमा उत्साह कम थियो ।

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको दिन आज मतदानस्थलहरुमा मतदाताको उपस्थिति कम थियो ।

पोखरा वडा नं ९ महेन्द्र माध्यमिक विद्यालयमा पुगेका मेयर धनराज आचार्यले २०४८ पछिको चुनाव यता मतदाताको यस्तो न्यून उपस्थिति आफूले नदेखेको बताए ।

आचार्यले प्रश्न गरे, ’मतदातामा यस्तो नैराश्य किन भयो ।’

पोखराका निर्वाचन मतदान केन्द्रहरुमा मतदानस्थल मतदाताको पर्खाइमा थियो । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ जना मतदाता रहेका छन् तर मतदान गर्न पुग्नेहरुको सङख्या निकै कम थियो ।

कास्कीको मतदान तस्बिरमा हेरौं:

 

 

प्रकाशित मिति २०७९ मंसिर ४ गते आइतबार ०५:१२
हजुरको प्रतिक्रिया