२०८३ साउन २१ गते बिहीबार

कास्कीकाे रुपामा पुनः मतदानको माग गर्दै उजुरी दर्ता

कास्कीकाे रुपामा पुनः मतदानको माग गर्दै  उजुरी दर्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ४ गते आइतबार ०८:३६

कास्कीको एक निर्वाचन केन्द्रमा पुन मतदानको माग गर्दै उजुरी दर्ता भएकाे छ । कास्कीको रुपा गाउँपालिका वडा नम्बर ७ को इन्द्रेणी आधारभूत विद्यालयको मतदान केन्द्रमा पुन मतदानको माग गर्दै निर्वाचन अायाेगसमक्ष उजुरी दर्ता भएकाे हो...

कास्कीको एक निर्वाचन केन्द्रमा पुन मतदानको माग गर्दै उजुरी दर्ता भएकाे छ । कास्कीको रुपा गाउँपालिका वडा नम्बर ७ को इन्द्रेणी आधारभूत विद्यालयको मतदान केन्द्रमा पुन मतदानको माग गर्दै निर्वाचन अायाेगसमक्ष उजुरी दर्ता भएकाे हो ।

यहाँ नेपाली कांग्रेसका वडा सभापति अर्जुन कुमार श्रेष्ठ र माओवादी केन्द्रका वडाकै अध्यक्ष माधव पौडेलले निर्वाचन कार्यालयलाई पत्र लेखेका पुन मतदानको माग गरेका हुन् ।

निर्वाचन केन्द्रका मतदान अधिकृत बन्धुराज रेग्मी र मदन बहादुर केसीले मतदानका विषयमा आवश्यक छलफल नगरी एकपक्षीय रूपमा मतदान गराएकाे उजुरूकर्ताकाे अाराेप छ । पार्टी प्रतिनिधीहरुलाई बेवास्ता गरी जनताको मतदान गर्न पाउने अधिकार लाई कुण्ठित गर्न खोजेको उजुरीपत्रमा उल्लेख छ । ​

प्रकाशित मिति २०७९ मंसिर ४ गते आइतबार ०८:३६
हजुरको प्रतिक्रिया