२०८३ साउन २१ गते बिहीबार

मुस्ताङमा मतगणना सुरु, काङ्ग्रेसको अग्रता

मुस्ताङमा मतगणना सुरु, काङ्ग्रेसको अग्रता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ५ गते सोमबार ०८:५८

 पोखरा हिमाली जिल्ला मुस्ताङमा मतगणना सुरु भएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको यहाँ प्रतिनिधि सभाको ९८३ मतगणना हुँदा काङ्ग्रेस अगाडि छ । नेपाली काङ्ग्रेसका योगेश गौचन थकालीले ५३७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका प्रेमप्रसाद...

 पोखरा

हिमाली जिल्ला मुस्ताङमा मतगणना सुरु भएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको यहाँ प्रतिनिधि सभाको ९८३ मतगणना हुँदा काङ्ग्रेस अगाडि छ । नेपाली काङ्ग्रेसका योगेश गौचन थकालीले ५३७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले उनलाई पछ्याउँदै ४२१ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले १२ र राप्रपा नेपालका प्रविणकुमार शेरचनले २ पाएका छन् । हालसम्म ११ मत बदर भएको छ । लोमान्थाङ, मराङ, लेते, चिमाङको गणना भएको हो । जिल्लामा १० हजार ९५७ मतदाता थिए । ४० मतदान केन्द्रमा मतदानको व्यवस्था गरिएकोमा ७ हजार २३० मत खसेको छ । ५ हजार ५८१ महिला महिला, ५ हजार ३७५ पूरुष र १ जना अन्य मतदाता हुन्।

प्रदेश ‘क’ मा २ र प्रदेश ‘ख’ मा ३ जना उम्मेदवारले चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

प्रकाशित मिति २०७९ मंसिर ५ गते सोमबार ०८:५८
हजुरको प्रतिक्रिया