२०८३ साउन २१ गते बिहीबार

कास्की २ मा १७०४ मतगणना, घण्टीको अग्रता

कास्की २ मा १७०४ मतगणना, घण्टीको अग्रता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ५ गते सोमबार ०९:५६

पोखरा कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दोब्बरले अग्रता कायम रहेको छ । १ हजार ७०४ मतको परिणाम आउदा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै रहेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले ५२८, नेकपा एमालेकी...

पोखरा

कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दोब्बरले अग्रता कायम रहेको छ । १ हजार ७०४ मतको परिणाम आउदा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै रहेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले ५२८, नेकपा एमालेकी विद्या भट्टराईले ३९७ मत प्राप्त गरेकी छन् ।

पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले २९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्तले २४९ मत ल्याएका छन् ।

२`क´ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डरी अगाडि छन् ।

६७९ मत पाउँदा एमालेका भिम कार्किले ४२४ र गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले ३६३ मत पाएका छन् ।

प्रकाशित मिति २०७९ मंसिर ५ गते सोमबार ०९:५६
हजुरको प्रतिक्रिया