पोखरा
तनहुँमा मतगणनाको तयारी गरिएको छ । सर्वदलीय बैठक पश्चात जिल्लाका दुई निर्वाचन क्षेत्रमा मतगणनाको तयारी गरिएको छ ।
तनहुँ १ मा २ बजेबाट जिल्ला समन्वय समितिमा गणना सुरु गर्ने सहमति भएको छ । यो क्षेत्रमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका छन् । यहाँ त्रिपक्षिय भिडन्त हुँदैछ । नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशिले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेकपा एमालेले एकबहादुर रानालाई मैदानमा उतारेको छ । यो क्षेत्रमा ६६ हजार ९६५ मत खसेको छ ।
यस्तै, तनहुँ २ को मतगणना शुक्लागण्डकी नगरपालिकाको कार्यालय दुलेगौंडामा केहीबेरमा गणना गर्ने तयारी भइरहेको छ । यो क्षेत्रमा ६८ हजार २७१ मत खसेको छ । यहाँ पुर्व वनमन्त्रीद्वय प्रतिस्पर्धामा छन् । पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका शङ्कर भण्डारी र नेकपा एमालेका स्थायी कमिटी सदस्री किरण गुरुङ प्रतिस्पर्धामा छन् ।
प्रकाशित मिति २०७९ मंसिर ५ गते सोमबार १२:५२