२०८३ साउन २१ गते बिहीबार

कास्की १ मा पनि सुरु भयो गणना

कास्की १ मा पनि सुरु भयो गणना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ५ गते सोमबार ०२:१८

हस्पिटल चोकस्थित पशु कार्यालय कास्कीमा दिउँसो दुई बजेदेखि मतगणना सुरु भएको हो ।

पोखरा

कास्की निर्वाचन क्षेत्र नम्बर १ को पनि मतगणना सुरू भएको छ । हस्पिटल चोकस्थित पशु कार्यालय कास्कीमा दिउँसो दुई बजेदेखि मतगणना सुरु भएको हो ।

कास्की १ मा १ लाख १० हजार ७१५ मतदाता रहेकोमा ६८ हजार ६३२ मत खसेको छ । यो क्षेत्रमा नेकपा एमालेबाट मनबहादुर गुरुङ, सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किशोरदत्त बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईसहित १४ जना उम्मेदवार छन् । योसँगै कास्कीका ३ वटै क्षेत्रमा मतगणना सुरु भएको छ ।

प्रकाशित मिति २०७९ मंसिर ५ गते सोमबार ०२:१८
हजुरको प्रतिक्रिया