२०८३ साउन २१ गते बिहीबार

कास्की १ मा गुरुङ र बरालको १ मतान्तर

कास्की १ मा गुरुङ र बरालको १ मतान्तर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ५ गते सोमबार ०४:५१

कास्की १‘क’ को मतगणना सुरु भएको छ ।

पोखरा

कास्की क्षेत्र नम्बर १ को प्रारिम्भक मतगणनामा नेकपा एमाले र पाँच दलीय गठबन्धनबीच कडा प्रतिस्पर्धा भएको छ । ८७२ मत गणना हुँदासम्म जम्मा १ मतान्तर छ ।

पाँच दलीय गठबन्धका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोरदत्त बरालले ३८५ मत पाएका छन् । नेकपा एमालेका मनबहादुर गुरुङले ३८२, राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राइले ३२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्यबहादुर गुरुङले २३ मत पाएका छन् ।

यस्तै कास्की १‘क’ को मतगणना सुरु भएको छ । यो क्षेत्रमा नेकपा एमालेबाट गण्डकी प्रदेशको दाबेदार खगराज अधिकारी र नेकपा माओवादी केन्द्रका दिपक कोईराला सत्ता गठबन्धनका तर्फबाट प्रतिस्पर्धामा छन् । यि दुई २०७४ को निर्वाचनमा सारथी थिए । अहिले प्रतिस्पर्धीको रुपमा मैदान उत्रदा निकै चासोको साथ यो क्षेत्रको मतपरिणामको प्रतिक्षामा आम मतदाता छन् ।

प्रकाशित मिति २०७९ मंसिर ५ गते सोमबार ०४:५१
हजुरको प्रतिक्रिया