२०८३ साउन २१ गते बिहीबार

तनहुँमा गठबन्धनको अग्रता

तनहुँमा गठबन्धनको अग्रता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ६ गते मंगलबार ०९:०१

१ ‘क’ मा कांग्रेस र ‘ख’ मा माओवादी अगाडि छ ।

पोखरा
तनहुँका २ प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारी हावी देखिएका छन् ।क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको अग्रता कायमै छ । पौडेलले ४६१ मतले अग्रता कायम गरेका हुन् । उनको १ हजार ७६२ मत आएको छ ।

प्रतिस्पर्धी नेकपा एमालेका एकबहादुर रानाले १ हजार ३०१ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ४६८, राप्रपाका विनोद घर्तीले ३४६ मत पाएका छन् । रामचन्द्रको प्रधानमन्त्री सपनामा चुनौति भनिएका कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले २१५ मात्रै प्राप्त गरेका छन् । कांग्रेसले साधरण सदस्य समेत नरहने गरेर कारवाही गरेको जोशीले स्वतन्त्र उम्मेदवारी दिएर मैदानमा होमिएका हुन् । १ ‘क’ मा कांग्रेस र ‘ख’ मा माओवादी अगाडि छ ।

यस्तै क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका शंकर भण्डारी अगाडि छन् । उनी नेकपा एमालेका किरण गुरुङभन्दा २ हजार ६६८ मतले अगाडि छन् । भण्डारीले १५ हजार २७७ र गुरुङले १२ हजार ५८९ मत पाएका छन् । २ ‘क’ मा माओवादी र २‘ख’ मा कांग्रेस उम्मेदवारको अग्रता कायम छ ।

प्रकाशित मिति २०७९ मंसिर ६ गते मंगलबार ०९:०१
हजुरको प्रतिक्रिया