२०८३ असोज २३ गते शुक्रबार

दिल्ली र राजस्थानको भिडन्त आज, कसकाे पल्ला भारी ?

दिल्ली र  राजस्थानको भिडन्त आज, कसकाे पल्ला भारी ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २३ गते शुक्रबार ०१:१९

पोखरा  । यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सको सामना गर्दै छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ । शारजाहमा हुने राजस्थान र दिल्लीको म्याचमा आज चौका/छक्काको...

के सन्दिपले आज खेल्छन ?

पोखरा  । यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सको सामना गर्दै छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।

शारजाहमा हुने राजस्थान र दिल्लीको म्याचमा आज चौका/छक्काको वर्षा देख्न पाइने छ । जारी सिजनमा यो मैदानमा हाइस्कोरिङ म्याच भइरहेका छन् । यही मैदानमा राजस्थानले लगातार दुई म्याच जितिसकेको छ । साथै, दिल्लीले पनि शारजाहमै २ सय २९ रनकाे लक्ष्य दिँदै कोलकाता नाइट राइडर्स (केकेआर)लाई १८ रनले हराइसकेको छ । जारी लिगमा दिल्लीले पाँच म्याच खेल्दा एक खेलमा मात्र हारको सामना गरेको छ । तर, एक पटकको आईपीएल विजेता राजस्थानले भने पाँच म्याचमा २ खेलमा मात्र जित हासिल गरेको छ ।

पछिल्लो पाँच म्याचको आँकडा हेर्ने हो भने दिल्लीविरुद्ध राजस्थान तीन खेलमा पराजित भएको छ । गत सिजनमा दिल्लीले राजस्थानलाई दुबै खेलमा हराएको थियो । २०१८ यता राजस्थानले दिल्लीलाई हराउन सकेको छैन । दिल्ली युवा ब्याट्सम्यान श्रेयस अय्यरको कप्तानीमा छ । राजस्थानको नेतृत्व अष्ट्रेलियन लोकप्रिय ब्याट्सम्यान स्टिभ स्मिथले गरिरहेका छन् ।

जारी सिजनमा दिल्लीका लागि पृथ्वी शा, श्रेयस अय्यर, ऋषभ पन्त, मार्कस स्टोइनिस, अक्क्षर पटेल, कागिसो रबाडा, एनरिक नोर्खिया राम्रो लयमा देखिएका छन् । राजस्थानमा जोस बटलर, सञ्जु स्यामसन, स्टिभ स्मिथ, राहुल तेवटिया, जोफ्रा आर्चरले राम्रो प्रदर्शन गरिरहेका छन् ।

दिल्लीको अनुमानित-११

दिल्लीको प्लेइङ-११ : पृथ्वी शा शिखर धवन, श्रेयस अय्यर (कप्तान) ऋषभ पन्त, शिमरोन हेटमायर, मार्कस स्टोइनिस, अक्क्षर पटेल, रविचन्द्रन अश्विन, हर्षल पटेल, एनरिक नोर्खिया र कागिसो रबाडा ।

राजस्थानकाे अनुमानित-११

राजस्थानको प्लेइङ-११ : यशस्वी जैसवाल, जोस बटलर, सञ्जु सामसन, स्टिभ स्मिथ (कप्तान), महिपाल लोमर, राहुल तेवाटिया, टम कुरान/डेभिड मिलर, श्रेयस गोपाल, जोफ्रा आर्चर, कार्तिक त्यागी र अंकित राजपूत ।

प्रकाशित मिति २०७७ असोज २३ गते शुक्रबार ०१:१९
हजुरको प्रतिक्रिया