२०८३ साउन २१ गते बिहीबार

एमालेका राजन भट्टराईलाई हराउँदै गगन थापाले जिते

एमालेका राजन भट्टराईलाई हराउँदै गगन थापाले जिते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ६ गते मंगलबार ११:३४

पाेखरा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकालेका छन् । काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई पराजित गरेका हुन् । भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरेका हुन्...

पाेखरा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकालेका छन् । काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई पराजित गरेका हुन् ।

भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरेका हुन् ।  गगन थापाले २१ हजार ३०१ मत पाए भने नेकपा एमालेका उम्‍मेदवार १३ हजार ८५५ मात्र मत ल्याए ।

०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए ।

प्रकाशित मिति २०७९ मंसिर ६ गते मंगलबार ११:३४
हजुरको प्रतिक्रिया