गण्डकी प्रदेशमा ७४ थपिए, कुल संक्रमित ४५७२ पुगे
पोखरा । कोरोना भाइरसको संक्रमणका कारण पोखरामा थप एक जनाकाे ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नं ८ निवासी ७८ बर्षीय पुरुषको कोरोनाका कारण ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नीज पुरुष पोखराको चरक मेमोरियल अस्पतालमा विगत ३ दिनदेखि ज्वरो, रुघाखोकी र झाडा पखालाको उपचारमा रहेको निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
यता, शुक्रबार पोखराका ३२ सहित गण्डकी प्रदेशमा थप ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार पाेखराकाे चरक हस्पिटलका ५ पुरुष र ४ महिलासहित ९ जना, गण्डकी मेडिकल कलेज (जिएमसी) का २ पुरुष तथा पद्म नर्सिङ् हाेमका ६२ बर्षीय चिकित्सक लगायत पोखरामा ३२ जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पोखराका अन्य संक्रमितहरुमा पोखरा २९ का ४ जना पुरुष, पोखरा ३२ का २ जना पुरुष, पोखरा १४ का ४० र ४३ बर्षीय २ पुरुष तथा पोखराको ३, ४, ५, ८, ९,११,१२, १७, १८, २७,३० र ३१ का एक एक जना रहेका छन ।
यस्तै, शुक्रबार गोरखामा थप १६ जना संक्रमित भेटिएका छन । संक्रमितमध्ये १५ जना जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी रहेको निर्देशनालयले जनाएको छ । तनहुँका १६ जना, लमजुङ्का ३ जना, स्याङ्जामा ३ जना, बर्दघाट सुस्तापुर्व नवलपरासीका २ तथा बाग्लुङ् र म्याग्दीमा एकएक जना संक्रमित भएको निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
याे संगै गण्डकी प्रदेशमा संक्रमित हुनेको संख्या ४५७२ पुगेको छ ।





