२०८३ साउन २१ गते बिहीबार

काेराेना अपडेट : पाेखरामा एककाे मृत्यु, ६ बर्षीय बालकसहित ४१ संक्रमित थपिए

काेराेना अपडेट : पाेखरामा एककाे मृत्यु, ६ बर्षीय बालकसहित ४१ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २३ गते शुक्रबार ०४:१७

पाेखरा  ।  शुक्रबार पोखरामा ६ बर्षीय बालकसहित ४१ जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ ।  पाेखराका ४१ सहित गण्डकी प्रदेशमा थप ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । शुक्रबार...

प्रदेशमा थप ११९ जनामा काेराेना संक्रमण पुष्टि

पाेखरा  ।  शुक्रबार पोखरामा ६ बर्षीय बालकसहित ४१ जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ ।  पाेखराका ४१ सहित गण्डकी प्रदेशमा थप ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । शुक्रबार पाेखराकाे चरक हस्पिटलका ५ पुरुष र ४ महिलासहित ९ जना,  गण्डकी मेडिकल कलेज ‍(जिएमसी) का २ पुरुष तथा पद्म नर्सिङ् हाेमका ६२ बर्षीय चिकित्सक लगायत पोखरामा ४१ जना संक्रमित थपिएको निर्देशनालयले जनाएको हाे ।

शुक्रबार पाेखरा ८ का एक ६ बर्षीय बालकमा समेत काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।  पोखराका अन्य संक्रमितहरुमा पाेखरा ५ का ४ जना, पोखरा २९ का ४ जना , पाेखरा १ र ८ का   ३/३ जना, पोखरा ९, १४, १७ र ३२ का २/ २ जना , तथा पोखराको ३, ४, ११, १२, १८, २७,३० र ३१ का एक एक जना रहेका छन । यस्तै शुक्रबार नै कास्कीकाे माछापुच्छ्रे गाउँपालिकामा २ जनालाइ काेराेना संक्रमण पुष्टि भएकाे छ ।

कोरोना भाइरसको संक्रमणका कारण पोखरामा थप एक जनाकाे ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नं ८ निवासी ७८ बर्षीय पुरुषको कोरोनाका कारण ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नीज पुरुष पोखराको चरक मेमोरियल अस्पतालमा विगत ३ दिनदेखि ज्वरो, रुघाखोकी र झाडा पखालाको उपचारमा रहेको निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै, शुक्रबार गोरखामा थप १६ जना संक्रमित भेटिएका छन । संक्रमितमध्ये १५ जना जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी रहेको निर्देशनालयले जनाएको छ । तनहुँका ४४ जना, म्याग्दीका ६ जना, लमजुङ्का ३ जना, स्याङ्जामा ३ जना, बर्दघाट सुस्तापुर्व नवलपरासीका २ तथा बाग्लुङका एक जना संक्रमित भएको निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

तनहुँमा संक्रमित हुनेहरूमा ८ जना तनहुँ व्यासस्थित प्रभु बैकमा कार्यरत कर्मचारी हुन । व्यास २ का २८ बर्षीय पुरूष  माछापुच्छ्रे बैकका कर्मचारी  हुन भने व्यास नगरपालिकाका आइटी अफिसर १ जनासहित कारागारका एक जना कैदीसमेत संक्रमित बनेकाे निर्देशनालयले जनाएकाे छ ।

याे संगै गण्डकी प्रदेशमा संक्रमित हुनेको संख्या ४६१७ पुगेको छ ।

प्रकाशित मिति २०७७ असोज २३ गते शुक्रबार ०४:१७
हजुरको प्रतिक्रिया