२०८३ साउन २१ गते बिहीबार

बागलुङ–१ मा सूर्य पाठकलाई हराउँदै चित्रबहादुर केसी विजयी

बागलुङ–१ मा सूर्य पाठकलाई हराउँदै चित्रबहादुर केसी विजयी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ७ गते बुधबार ०४:५५

केसीले नेकपा एमालेका सूर्यप्रसाद पाठकलाई २ हजार ६२६ मतान्तरले पराजित गरेका हुन् ।

 बाग्लुङ

बाग्लुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् ।

केसीले नेकपा एमालेका सूर्यप्रसाद पाठकलाई २ हजार ६२६ मतान्तरले पराजित गरेका हुन् ।

केसीले २१ हजार ४५१ मत ल्याएका छन् भने एमालेका पाठकले १८ हजार ८२५ मत पाएका छन् ।

यहाँबाट ०७४ मा पाठक निर्वाचित भएका थिए । यसपटक बाग्लुङ १ मा ५४ हजार ७११ मत खसेको थियो ।

प्रकाशित मिति २०७९ मंसिर ७ गते बुधबार ०४:५५
हजुरको प्रतिक्रिया