२०८३ साउन २१ गते बिहीबार

बागलुङमा चित्रबहादुर र देवेन्द्र पौडेल निर्वाचित, एमाले क्लिनस्विप

बागलुङमा चित्रबहादुर र देवेन्द्र पौडेल निर्वाचित, एमाले क्लिनस्विप

विनोद ढुंगाना

@Public 4K Tv

२०७९ मंसिर ७ गते बुधबार ०५:१९

१५ वर्षपछि चुनावी मैदानमा होमिएका केसीले प्रतिनिधिसभामा जनमोर्चाको बिउ जोगाएका छन् ।

पोखरा

बाग्लुङका दुइ हेभिवेट नेताले प्रतिनिधि सभाको यात्रा निश्चित गरेका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका सचिव समेत रहेको शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका हुन् ।

यि दुवै पाँच दलीय गठबन्धनका उम्मेदवार हुन् । बाग्लुङ १ मा नेकपा एमालेका डा. सुर्य पाठकलाई केसीले २ हजार ६२६ मतान्तरले पराजित गरेका हुन् । केसीले २१ हजार ४५१ मत ल्याएका छन् ।

एमालेका पाठकले १८ हजार ८२५ मत पाएका छन् । यो क्षेत्रमा १ मा ५४ हजार ७११ मत खसेको थियो । २०७४ मा विजयी पाठकलाई ८१ वर्षे केसीले ब्रेक लगाइदिएका छन् ।

१५ वर्षपछि चुनावी मैदानमा होमिएका केसीले प्रतिनिधिसभामा जनमोर्चाको बिउ जोगाएका छन् । यो उनको चौथो संसदीय यात्रा हो । २०५६ र २०६४ को चुनावमा प्रत्यक्ष निर्वाचित भएका केसीले २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनेका थिए ।

बाग्लुङ २ मा मा माओवादी केन्द्रका पौडेलले नेकपा एमालेको उम्मेदवार मन्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गर्दै दोस्रो पटक संसद यात्रा तय गरेका छन् ।

पौडेलले २४ हजार ७७९ मत ल्याएर विजयी हुँदा एमालेकि शर्माले २० हजार १ सय ८० मत ल्याएकी छिन । यो क्षेत्रमा ५१ हजार १३५ मत खसेको थियो । बाग्लुङको २ प्रतिनिधि सभा र ४ प्रदेशसभामा नेकपा एमाले क्लिनस्विप भएको छ । बागलुङ १ ‘क’ मा कांग्रेसका दीपेन्द्रबहादुर थापाले एमालेका हिराबहादुर केसीलाई १४७९ मतान्तरले पराजित गरेका छन् । थापाले १३ हजार ८८४ र केसीले १२ हजार ४०५ मत पाए ।

प्रदेश ‘ख’ मा कांग्रेसका डिल्लीराम सुवेदी विजयी भए । सुवेदीले एमालेका नवराज पौडेललाई ६ हजार ७५ मतान्तरले पराजित गरे । सुवेदीले १३ हजार ३२७ मत ल्याउँदा पौडेलले ७ हजार २५२ मत पाए ।

बाग्लुङ २ ‘क’ मा कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचन विजयी भए । शेरचनले एमालेका साथ पाएका स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती मगरलाई ३ हजार १०० मतान्तरले पराजित गरेका हुन् ।

शेरचनले १५ हजार १०८ र घर्तीले १२ हजार ८ मत पाए । बाग्लुङ २ ‘ख’ मा कांग्रेसकै दोर्णकुमार कुँवर विजयी भए । कुँवरले एमालेका लक्ष्मण पुनलाई ३ हजार ७३७ मतान्तरले पराजित गरे ।

कुँवरले १२ हजार ४०८ मत ल्याउँदा पुनले ८ हजार ६७१ मत पाएका छन् । २०७४ मा यहाँ वाम गठबन्धन हुँदा नेपाली कांग्रेस क्लिनस्विप भएको थियो ।

प्रतिनिधि सभामा एमाले र माओवादीले १÷१ सिट जितेका थिए । प्रदेश सभामा जनमोर्चाले २, एमाले र माओवादीले १-१ सिट जितेका थिए ।

प्रकाशित मिति २०७९ मंसिर ७ गते बुधबार ०५:१९
हजुरको प्रतिक्रिया