२०८३ साउन २१ गते बिहीबार

माओवादीका चुमान दोस्रोपटक गण्डकीको सांसद निर्वाचित

माओवादीका चुमान दोस्रोपटक गण्डकीको सांसद निर्वाचित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ७ गते बुधबार ०७:३३

पोखरा । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका पूर्णबहादुर गुरुङलाई २ हजार ७७३ मतान्तरले हराउँदै चुमान प्रदेश सभा सदस्यमा निर्वाचित...

पोखरा । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

नेकपा एमालेका पूर्णबहादुर गुरुङलाई २ हजार ७७३ मतान्तरले हराउँदै चुमान प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । चुमानले १३ हजार २७१ र एमालेका गुरुङले १० हजार ४९८ मत पाए ।

चुमान दोस्रो कार्यकालका लागि प्रदेश सांसद निर्वाचित भएका हुन् । २०७४ सालमा तत्काली एमाले–माओवादी वाम गठबन्धन हुँदा पनि उनी १ (ख)बाटै विजयी भएका थिए ।

उनी गण्डकी प्रदेशका पूर्वकानुनमन्त्री पनि हुन् ।

प्रकाशित मिति २०७९ मंसिर ७ गते बुधबार ०७:३३
हजुरको प्रतिक्रिया