२०८३ साउन २१ गते बिहीबार

कास्की २ ‘ख’: कांग्रेसका बिन्दुकुमार विजयी

कास्की २ ‘ख’: कांग्रेसका बिन्दुकुमार विजयी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ८ गते बिहीबार ०६:४६

पाेखरा कास्की २ प्रदेश सभा ‘ख’मा नेपाली कांग्रेसका बिन्दुकमार थापा विजयी भएका छन् । उनले नेकपा एमालेकी मीना गुरूङलाई एकहजार ३०९ मतान्तरले पराजित गरेका हुन् । गण्डकीका कानुनमन्त्रीसमेत रहेका थापाले ९ हजार २८० मत पाउँदा निकटतम्...

पाेखरा
कास्की २ प्रदेश सभा ‘ख’मा नेपाली कांग्रेसका बिन्दुकमार थापा विजयी भएका छन् ।

उनले नेकपा एमालेकी मीना गुरूङलाई एकहजार ३०९ मतान्तरले पराजित गरेका हुन् ।

गण्डकीका कानुनमन्त्रीसमेत रहेका थापाले ९ हजार २८० मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी गुरुङले ७ हजार ९७१ मत पाइन् । थापा अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

उक्त चुनावमा नेपाली कांग्रेसबाट कास्कीमा प्रत्यक्ष जित्ने उनी एक्लै बनेका थिए ।

त्यतिबेला बाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी राजकाजी गुरुङलाई पराजित गर्दै संसदीय यात्रा सुरु गरेका थापाले यसपटक माओवादीसहितको गठबन्धनको साथ लिएर दोस्रो पटक प्रदेश सभा यात्रा तय गरेका हुन् ।

कास्की २ कतर्फ भने नेकपा एमालेका भीम कार्की विजयी भइसकेका छन् ।

प्रकाशित मिति २०७९ मंसिर ८ गते बिहीबार ०६:४६
हजुरको प्रतिक्रिया