२०८३ साउन २१ गते बिहीबार

लमजुङमा पृथ्वीसुब्बा गुरुङ विजयी, प्रदेशका दुवै क्षेत्रमा कांग्रेस

लमजुङमा पृथ्वीसुब्बा गुरुङ विजयी, प्रदेशका दुवै क्षेत्रमा कांग्रेस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ८ गते बिहीबार ०६:५२

पोखरा लमजुङबाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका देव गुरुङलाई पराजित गर्दै पृथ्वीसुब्बा निर्वाचित भएका हुन् । गुरूङ गण्डकीका...

पोखरा
लमजुङबाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका देव गुरुङलाई पराजित गर्दै पृथ्वीसुब्बा निर्वाचित भएका हुन् । गुरूङ गण्डकीका संस्थापक मुख्यमन्त्री हुन् ।

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा र माओवादीका महासचिव देवबीच ३ हजार १८८ मतान्तर छ ।

पृथ्वीसुब्बाले ३४ हजार ९६९ मत ल्याउदा देवले ३१ हजार ७८१ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९, राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले १ हजार २३१, मंगोल नेशनल अर्गानाइजेसनका विकास गुरुङले ४५७ मत पाएका छन् ।

१ लाख ३३ हजार ५५९ मतदात रहेको लमजुङमा ८० हजार ९१७ मत खसेको थियो । लमजुङका दुवै प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रदेश ‘क’ मा कांग्रेसका टकराज गुरुङले एमालेका जमिन्द्रमान घलेलाई १ हजार १६१ मतान्तरले पराजित गरे । गुरुङले १८ हजार ५०४ मत ल्याए । घलेले १७ हजार ३४३ मत पाएर पराजित भए ।

प्रदेश ‘ख’ मा कांग्रेसका भेषबहादुर पौडेलले एमालेका कृष्णप्रसाद अधिकारीलाई ७५४ मतान्तरले हराए । पौडेलले १९ हजार ५५७ र अधिकारीले १८ हजार ८०३ मत पाए ।

प्रकाशित मिति २०७९ मंसिर ८ गते बिहीबार ०६:५२
हजुरको प्रतिक्रिया