२०८३ साउन २३ गते शनिबार

युनाइटेड क्लब पोखराको अध्यक्षमा राजु श्रेष्ठ निर्विरोध निर्वाचित

युनाइटेड क्लब पोखराको अध्यक्षमा राजु श्रेष्ठ निर्विरोध निर्वाचित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २३ गते शुक्रबार ०४:४०

पाेखरा । युनाइटेड क्लब पोखराको अध्यक्षमा राजु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । क्लबको शुक्रबार आयोजित १५ औं साधारणसभा तथा पाँचौ अधिवेशनले कार्यसमितिको नेतृत्वमा श्रेष्ठलाई चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा लोकबहादुर...

पाेखरा । युनाइटेड क्लब पोखराको अध्यक्षमा राजु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

क्लबको शुक्रबार आयोजित १५ औं साधारणसभा तथा पाँचौ अधिवेशनले कार्यसमितिको नेतृत्वमा श्रेष्ठलाई चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा लोकबहादुर थापा र द्वितीय उपाध्यक्षमा गणेश तिमिल्सिनालाई चयन गरिएको छ ।

समितिको महासचिवमा सन्तबहादुर थापा, कोषाध्यक्षमा सूर्यबहादुर बानियाँ, सचिवमा दिनेश सुनार र सहकोषाध्यक्षमा पूर्णकला बाँस्तोला पोखरेललाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, सदस्यमा सिमा गुरुङ, सन्तोष कार्की, दिवानी सुवेदी, विष्णु गुरुङ, पुर्ण श्रेष्ठ, चन्द्रा पराजुली, शिव थापा र जयराम आचार्यलाई चयन गरिएको क्लबका पूर्वअध्यक्ष एवं निर्वाचन कमिटी संयोजक हिमालय बख्रेलले जानकारी दिए ।

क्लबले पोखरा महोत्सव, चिडियाखाना निर्माणलगायतका काममा अग्रसरता देखाउँदै आएको छ ।

प्रकाशित मिति २०७७ असोज २३ गते शुक्रबार ०४:४०
हजुरको प्रतिक्रिया