२०८३ साउन २१ गते बिहीबार

कास्की ३ ‘क’ मा कांग्रेसका प्रकाश बराल निर्वाचित

कास्की ३ ‘क’ मा कांग्रेसका प्रकाश बराल निर्वाचित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ९ गते शुक्रबार ०७:५१

पोखरा कास्की क्षेत्र नं. ३ ख’मा नेपाली कांग्रेसका प्रकाश बरालले जित निकालेका छन् । उनले गण्डकी प्रदेशका निवर्तमान एमाले सांसद राजीव पहारीलाई पराजित गरेका हुन् । बरालले पहारीलाई झिनो मतान्तरले पराजित गरेका हुन् । उनले १२ हजार...

पोखरा
कास्की क्षेत्र नं. ३ ख’मा नेपाली कांग्रेसका प्रकाश बरालले जित निकालेका छन् । उनले गण्डकी प्रदेशका निवर्तमान एमाले सांसद राजीव पहारीलाई पराजित गरेका हुन् ।

बरालले पहारीलाई झिनो मतान्तरले पराजित गरेका हुन् । उनले १२ हजार ३६७ मत पाउँदा नेकपा एमालेका पहारीले ११ हजार ९०२ मत पाए । उनीहरुबीच ४ सय ६५ मतान्तर छ ।

कास्की ३ मा नेकपा एमालेका दामोदर पौडेल बैरागी विजयी भएका छन् । उनले गण्डकीका अर्थमन्त्रीसमेत रहेका नेकपा माओवादीका रामजीप्रसाद बराललाई पराजित गरेका हुन् ।

प्रदेश सभा ‘क’तर्फ नेकपा एमालेकै गणेशमान गुरुङ विजयी भएका छन् ।

प्रकाशित मिति २०७९ मंसिर ९ गते शुक्रबार ०७:५१
हजुरको प्रतिक्रिया