२०८३ साउन २१ गते बिहीबार

समानुपातिकमा तेस्रो स्थानमा उक्लियो माओवादी

समानुपातिकमा तेस्रो स्थानमा उक्लियो माओवादी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १० गते शनिबार ०१:३१

काठमाडौं समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पछि पार्दै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको हो । यस अघि रास्वपा निरन्तर...

काठमाडौं

समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पछि पार्दै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको हो । यस अघि रास्वपा निरन्तर तेस्रो स्थानमा थियो ।

१२:५३ सम्मको मतगणना अनुसार तेस्रो स्थानमा रहेको माओवादीले ८ लाख १ हजार ५२४ मत पाएको छ भने चौथो स्थानमा झरेको रास्वपाले ७ लाख ९९ हजार ३२० पाएको छ ।

पहिलो स्थानमा रहेको नेकपा एमालेले १८ लाख ९६ हजार ७३१ मत पाएको छ । दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले १८ लाख २९ हजार ७९१ मत पाएको छ ।

प्रकाशित मिति २०७९ मंसिर १० गते शनिबार ०१:३१
हजुरको प्रतिक्रिया