२०८३ साउन २१ गते बिहीबार

आईपीएल : राजस्थानविरूद्द ४६ रनकाे जित निकाल्दै दिल्ली अंक तालिकाकाे शिर्षस्थानमा

आईपीएल : राजस्थानविरूद्द ४६ रनकाे जित निकाल्दै दिल्ली अंक तालिकाकाे शिर्षस्थानमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २४ गते शनिबार ०६:३३

पाेखरा । यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) को २३ औँ म्याचमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाइ ४६ रनले पराजित गरेकाे छ । दिल्लीले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन मात्र...

पाेखरा । यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) को २३ औँ म्याचमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाइ ४६ रनले पराजित गरेकाे छ ।

दिल्लीले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो ।

उसका लागि राहुल तेवटियाले ३८, एशस्वी जैसवालले ३४, स्टिभ स्मिथले २४ र जोस बटलरले १३ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

बलिङमा दिल्ली क्यापिटल्सका कागिसो रबाडाले ३, रविचन्द्रन आश्विन, मार्कस स्टोइनिसले २/२, हर्षल पटेल, अक्क्षर पटेल र एनरिक नोर्खियाले एक/एक विकेट लिए ।

दिल्लीका लागि आज शिमरोन हेटमायरले ४५, मार्कस स्टोइनिसले ३९, श्रेयस अय्यरले २२, पृथ्वी शाले १९, अक्क्षर पटेलले १७ र हर्षल पटेलले १६ रन बनाए ।

बलिङमा राजस्थानका जोफ्रा आर्चरले ३, कार्तिक त्यागी, एन्ड्रु टाय र राहुल तेवटियाले एक/एक विकेट लिए ।

यो जितसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीले ६ म्याच खेल्दा ५ खेलमा जित हासिल गर्दै  तालिकामा १० अंक जोडिसकेको छ । यता राजस्थानले भने ६ खेल खेलेर २ खेलमा मात्र जित हासिल गरेको छ ।

प्रकाशित मिति २०७७ असोज २४ गते शनिबार ०६:३३
हजुरको प्रतिक्रिया