२०८३ असोज २३ गते शुक्रबार

विश्वकपमा आज चार खेल, पाँचपटकको च्याम्पियन ब्राजिल खेल्दै

विश्वकपमा आज चार खेल,  पाँचपटकको च्याम्पियन ब्राजिल खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १२ गते सोमबार ११:४९

तेस्रो खेलमा पाँचपटकको च्याम्पियन ब्राजिल र स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

कतार

एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (सोमबार) समूह ‘जी’ र ‘एच’ का विभिन्न चार खेलहरु हुँदैछन् ।

आज (सोमबार) समूह ‘जी’ क्यामरुन र सर्विया तथा ब्राजिल र स्वीट्जरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘एच’ मा दक्षिण कोरिया र घाना तथा पोर्चुगल र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ । यस खेलको समाप्तिपछि समूह चरणको दोस्रो राउन्डको खेल सम्पन्न हुनेछ ।

दिनको पहिलो खेलमा समूह ‘जी’ मा रहेको क्यामरुन र सर्वियाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल अल जानौव रंगशालामा नेपाली समयअनुसार दिउँसको ३ः४५ बजेपछि शुरु हुनेछ ।

पहिलो खेलमा हार बेहोरेको दुवै टोली पहिलो जितको खोजीमा हुने छ । सर्विया ब्राजिलसँग २–० ले तथा क्यामरुन स्वीट्जरल्यान्ड्ससँग १–० ले पराजित भएको छ ।

समूह चरण पार गर्न यि दुई टोलीलाई जितको आवश्यक छ । बराबरी या हारले टोलीको अघिल्लो चरण पुग्ने सम्भावना झिनो बन्दा अन्य नतिजाको पनि भर पर्नुपर्ने । त्यसैले दुवै टोली निश्चित जितको लक्ष्यसहित मैदान उत्रनेछ ।

दिनको दोस्रो खेलमा समूह ‘एच’ मा रहेको दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल एजुकेशन सिटी रंगहालामा साँझ ६ः४५ बजेपछि हुनेछ ।

दुवै टोली पहिलो जितकै खोजीमा हुनेछ । घाना पहिलो खेलमा पोर्चुगलसँग ३–२ ले पराजित हुँदा दक्षिण कोरियाले उरुग्वेसँग गोलरहित बराबरी खेलेको थियो ।

तेस्रो खेलमा पाँचपटकको च्याम्पियन ब्राजिल र स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । ब्राजिल र स्वीट्जरल्याण्डबीचको खेल राति ९ः४५ बने स्टेडियम ९७४ मा हुनेछ ।

दुवै टोली दोस्रो जित निकाल्दै अघिल्लो चरण पुग्ने लक्ष्यमा हुनेछ । ब्राजिलले पहिलो खेलमा सर्वियालाई २–० ले तथा स्वीसले क्यामरुनलाई १–० ले हराएको थियो । ब्राजिललाई आफ्नो मुख्य फरवार्ड नेयमारसँगै डिफेन्डर डानिलोको अभाव खड्कन सक्नेछ । यि दुवै चोटका कारण बाहिरिएका छन् । अर्का फरवार्ड एन्टोनी पनि बिरामी छन् ।

दिनको चौंथो तथा अन्तिम खेलमा पोर्चुगल र उरुग्वे आमाने–सामाने हुँदैछ । समूह ‘एच’ को यो खेल लुसेल आइकोनिक रंगशालामा राति १२ः४५ बजे सुरु हुनेछ ।

पोर्चुगल लगातार दोस्रो जितको योजनामा रहँद उरुग्वे पहिलो जित निकाल्ने लक्ष्यमा छ । पोर्चुगलले पहिलो खेलमा घानालाई हराउँदा उरुग्वे दक्षिण कोरियासँग गोलरहित बराबरीमा रोकिएको थियो ।

समूह चरणको दोस्रो राउन्डको खेल सकिने संघारमा रहँदा साविकको विजेता फ्रान्सले नकआउट चरणको यात्रा तय गर्दा आयोजक कतार र क्यानडा समूह चरणबाट बाहिरिएको छ ।

प्रकाशित मिति २०७९ मंसिर १२ गते सोमबार ११:४९
हजुरको प्रतिक्रिया