२०८३ साउन २१ गते बिहीबार

राेजगार : गण्डकी प्रदेश सरकारले माग्याे इन्जिनियरसहित ५२ कर्मचारी

राेजगार : गण्डकी प्रदेश सरकारले माग्याे इन्जिनियरसहित ५२ कर्मचारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २४ गते शनिबार ०८:५९

पाेखरा । गण्डकी प्रदेश सरकारले ५२ जना इन्जिनियरहरूलाइ राेजगारीकाे अवसर प्रदान गरेकाे छ । भाैतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका निकायमा रहेकाे रिक्त दरबन्दीकाे प्राविधिक पदमा पदपूर्ति नभएसम्मकाे लागि सेवा करारमा प्रदेश...

पाेखरा । गण्डकी प्रदेश सरकारले ५२ जना इन्जिनियरहरूलाइ राेजगारीकाे अवसर प्रदान गरेकाे छ । भाैतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका निकायमा रहेकाे रिक्त दरबन्दीकाे प्राविधिक पदमा पदपूर्ति नभएसम्मकाे लागि सेवा करारमा प्रदेश सरकारले कर्मचारी माग गरेकाे हाे ।

मन्त्रालयले अधिकृतस्तर साताै सरहकाे मेकानिकल इन्जिनियर ३ जना, जियाेलाेजी विषयमा स्नातकाेत्तर गरेका इन्जिनियर एक जना, सिभिल इन्जिनियर ५ जना माग गरेकाे छ । यस्तै, सहायकस्तर पाँचाै सरहका सिभिल तर्फका सब इन्जिनियर २४ जना, मेकानिकल सुपरभाइजर ७ जना, ल्याब टेक्निसियन ३ जना र सहायकस्तर चाैथाे सरहका ल्याब असिसटेन्ट ९ जना माग गरेकाे हाे ।

दरखास्त २०७७ कार्तिक ५ गतेभित्र बुझाइसक्नुपर्नेछ भने उक्त दिन सार्वजनिक विदा परेकाे खण्डमा भाेलीपल्टसम्म दरखास्त बुझाउन सकिने छ ।

राेजगारीका लागि मन्त्रालयकाे वेवसाइट www.mopid.gandaki.gov.np मा दिइएकाे लिंकमार्फत दरखास्त फाराम बुझाउन सकिने मन्त्रालयले जनाएकाे छ । छनाेट हुने कर्मचारीमध्ये सिभिल इन्जिनियर साताै र सव इन्जिनियर २ जना गरि ३ जना उधाेग बन तथा वातावरण मन्त्रालयका लागि तथा सहायकस्तर पाँचाै १ जनालाइ ताल संरक्षण विकास प्राधिकरणमा सिफारिस गरि पठाइने मन्त्रालयले जारी गरेकाे सुचनामा उल्लेख छ ।

थप जानकारीका लागि मन्त्रालयकाे टेलिफाेन ०६१-५९०१९७ र ९८५६०३९७६७ मा सम्पर्क गर्न सकिने छ ।

समाचारमा प्रयाेग भएकाे तस्विर गुगलबाट लिइएकाे सांकेतिक तस्विर हाे  ।

प्रकाशित मिति २०७७ असोज २४ गते शनिबार ०८:५९
हजुरको प्रतिक्रिया