२०८३ साउन २१ गते बिहीबार

विश्वकपमा आज चार खेल, अर्जेन्टिना पोल्याण्डसँग भिड्दै

विश्वकपमा आज चार खेल, अर्जेन्टिना पोल्याण्डसँग भिड्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १४ गते बुधबार १२:१६

कतार एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज बुधबार समूह ‘सी’ र समूह ‘डी’ का समान दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । पहिलो दुई खेलमा समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा...

कतार

एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज बुधबार समूह ‘सी’ र समूह ‘डी’ का समान दुई खेलमा प्रतिस्पर्धा हुँदैछ ।

पहिलो दुई खेलमा समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ। दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बजेपछि हुनेछ ।

ट्युनिसिया र फ्रान्सबीचको खेल एजुकेशन सिटी रंगशालामा हुनेछ । साविकको विजेता फ्रान्स एक खेल बाँकी छँदै नकआउट चरणमा पुगिसकेको छ । फ्रान्सलाई पराजित भएपनि कुनै असर हुनेछैन । तर टोली जित निकालेर समूह विजेता बन्दै अघिल्लो चरणमा पुग्ने दाउमा हुनेछ ।

ट्युनिसियालाई अघिल्लो चरण पुग्न फ्रान्सलाई हराउनुको साथै अर्को खेलमा अष्ट्रेलिया र डेनमार्कबीचको खेलको नतिजा आँफु अनुकुल आउनुपर्नेछ ।

अर्को खेलमा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा हुँदा अष्ट्रेलियालाई बराबरीको नतिजा पर्याप्त रहँदा डेनमार्कलाई जित बाहेक विकल्प छैन । यो समूहमा फ्रान्सको ६ अंक छ । अष्ट्रेलियाको ३ तथा डेनमार्क र ट्युनिसियाको समान १ अंक छ ।

यस्तै समूह सी मा आज अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिकोबीच खेल हुदैछ । दुबै खेल नेपाली समयअनुसार राति १२ः४५ मा हुनेछ । पोल्याण्ड ४ अंकसहित तालिकाको शीर्षस्थानमा छ । अर्जेन्टिना र साउदी अरेबियाको समान ३ अंक छ। मेक्सिकोको १ अंक ५ ।

पोल्याण्डविरुद्ध उत्रँदा अर्जेन्टिनालाई जित्नै पर्ने दबाब छ। यो खेल जिते अर्जेन्टिनाको समूह विजेता बन्ने सम्भावना छ । बराबरीले अघिल्लो चरण पुग्ने झिनो सम्भावना रहँदा हारले अर्जेन्टिना समूह चरणबाटै बाहिरिनेछ ।

पोल्याण्डलाई भने बराबरीको नतिजा नै अघिल्लो चरण पुग्न पर्याप्त हुनेछ। बराबरी खेलेको अवस्थामा अर्को खेलमा साउदी विजयी भए पोल्याण्ड उपविजेता बन्नेछ । हारले पनि झिनो आशा रहँदा मेक्सिकोले साउदीलाई कम अन्तरमा तथा आँफु पनि कम अन्तरमा हारेको हुनुपर्नेछ ।

अर्को खेलमा साउदीले मेक्सिकोलाई हराए अघिल्लो चरणको यात्रा तय गर्नेछ । हार या बराबरीले टोलीको अघिल्लो चरणको यात्रा झिनो बन्नेछ । मेक्सिकोलाई पनि अघिल्लो चरण पुग्न जित बाहेकको विकल्प छैन ।

प्रकाशित मिति २०७९ मंसिर १४ गते बुधबार १२:१६
हजुरको प्रतिक्रिया