२०८३ साउन २१ गते बिहीबार

स्याङजा २ः पद्मालाई पछ्याउदै धनराज

स्याङजा २ः पद्मालाई पछ्याउदै धनराज

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १५ गते बिहीबार ०८:२८

एमालेले चापकोट नगरपालिकाको ४ मतदान केन्द्रको बुथ कब्जा गरेर कांग्रेसले फर्जी मत हालेको आरोप लगाउदै पुन मतदानको माग गर्दै मतगणना सुरु हुन दिएको थिएन् ।

पोखरा

मतदानको १० दिनपछाडि स्याङजा २ मा सुरु भएको मतगणनामा नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकि छन् । पछिल्लो मतपरिणाम अनुसार अर्याल नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ भन्दा ११ मतले अगाडि छन् । एमाले सचिव अर्यालले २ हजार ९२० मत प्राप्त गर्दा कांग्रेस उपसभापति गुरुङले २ हजार ९२० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५८९ मत ल्याएका छन् ।

स्याङजा २ ‘क’ मा नेकपा एमालेका मोहन रेग्मीको अग्रता छ । उनले पनि ११ मतान्तरले अग्रता कायम गरेका हुन् । रेग्मीले ३ हजार १०२ मत पाउदा नेपाली कांग्रेसका भोजराज अर्यालले ३ हजार ९१ मत पाएका छन् ।

१ लाख १६ हजार ६७८ मतदाता रहेको स्याङजा २ मा ६९९२८ मत खसेको छ । एमालेले चापकोट नगरपालिकाको ४ मतदान केन्द्रको बुथ कब्जा गरेर कांग्रेसले फर्जी मत हालेको आरोप लगाउदै पुन मतदानको माग गर्दै मतगणना सुरु हुन दिएको थिएन् । बुधबार निर्वाचन आयोेगले पुन मतदान नहुने निर्णय गरेसँगै मतगणना सुरु भएको हो ।

प्रकाशित मिति २०७९ मंसिर १५ गते बिहीबार ०८:२८
हजुरको प्रतिक्रिया