२०८३ साउन २१ गते बिहीबार

स्याङ्जा २ मा कांग्रेसका धनराजको अग्रता

स्याङ्जा २ मा कांग्रेसका धनराजको अग्रता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १५ गते बिहीबार १२:२५

धनराज नेकपा एमालेका उम्मेदवार पद्मा अर्याल भन्दा ६ सय ५४ मतले अगाडि छन् ।

स्याङ्जा

 

प्रतिनिधि सभा क्षेत्र नम्बर २ स्याङ्जामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता लिएका छन् । बु्धबार रातिदेखि भएको मत गणनामा धनराज नेकपा एमालेका उम्मेदवार पद्मा अर्याल भन्दा ६ सय ५४ मतले अगाडि छन् ।

 

नेपाली कांग्रेसका उपसभापति समेत रहेका गुरुङले अहिलेसम्म ३ हजार ९ सय १ मत ल्याएका छन् भने नेकपा एमालेका सचिव समेत रहेकी अर्यालले ३ हजार २ सय ४७ मत ल्याएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ सय ६१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्यालले १ सय १२ मत ल्याएका छन् ।

 

प्रदेश सभातर्फ १ मा नेकपा एमालेका मोहनप्रसाद रेग्मीले अग्रता लिएका छन् । उनले अहिलेसम्म २ हजार ४ सय ९ मत ल्याउँदा नेपाली कांग्रेसका भोजराज अर्यालले १ हजार ८ सय ३० मत पाएका छन् । रेग्मी ५ सय ७९ मतले अगाडि छन् । राप्रपाका सागर गैरेले २ सय २३ मत पाएका छन् ।

 

 

प्रकाशित मिति २०७९ मंसिर १५ गते बिहीबार १२:२५
हजुरको प्रतिक्रिया