प्रदेशमा कोरोना संक्रमितको संख्या ४६७९ पुग्याे
पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण गण्डकी प्रदेशमा थप २ जनाकाे निधन भएकाे छ भने प्रदेशमा ६२ जना संक्रमित थपिएका छन ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाे सनिबार दिउँसाे जारी विज्ञप्तीका अनुसार स्याङ्जा जिल्ला आँधिखोला – ६ स्थायी ठेगाना भइ बुटवल बस्दै आएका र पोखरा स्थित गण्डकी मेडिकलमा उपचाररत ८१ वर्षीय पुरुषको शुक्रबार राती ११ :३० बजे मृत्यु भएको हाे । उनलाई मृगाैला मुटु तथा पिसाबसम्वन्धी समस्या रहेकाे निर्देशनालयले जनाएकाे छ । यस्तै, बर्दघाट सुस्तापूर्व नवलपरासी जिल्ला गैंडाकोट – १ का ३६ वर्षीय पुरुषको शुक्रबार दिउँसो ३:५५ बजे कलेज अफ मेडिकल साइन्स, चितवनमा मृत्यु भएको निर्देशनालयले उल्लेख गरेकाे छ । उनलाई असोज २० गते कोभिड – १९ संक्रमण पुष्टि भएको थियो ।
याे संगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
यस्तै, अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४६७९ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ६२ जना संक्रमित बनेकाे निर्देशनालयले जनाएकाे छ ।
जस अनुसार सनिबार संक्रमित हुनेहरूमा पाेखराका १६ जना, बर्दघाट सुस्तापूर्व नवलपरासीका २३ जना, बाग्लुङका ११ जना, तनहुँका ७ जना, गाेरखाका ३ जना, लमजुङ र म्याग्दीका एक एक जना रहेका छन ।
सनिबार पोखरा -३ निवासी ३० बर्षीय महिला ओम अस्पताल पोखरामा कार्यरत स्टाफनर्श हुन । यस्तै, ६ जना पाेखराकाे फेवासिटी अस्पतालमा उपचाररत विरामी, तनहुँका २३ बर्षीय महिला जी.पी. कोईराला स्वाशप्रश्वास उपचार केन्द्र, दुलेगौडामा कार्यरत स्टाफनर्श हुनु भने २९ बर्षीय महिला र २७ बर्षीय पुरुष सोहि अस्पतालका प्रशासनमा कार्यरत कर्मचारी हुन । यस्तै, बाग्लुङ-१ का ३८ बर्षीय पुरुष सोहि वार्डको जनप्रतिनिधि हुन भने वार्ड नं १ का ३५ बर्षीय महिला स्वास्थ्यकर्मी रहेकाे विज्ञप्तीमा उल्लेख छ ।





