२०८३ साउन २१ गते बिहीबार

राष्ट्रिय औद्योगिक व्यापार मेला जारी

राष्ट्रिय औद्योगिक व्यापार मेला जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १७ गते शनिबार १२:०२

पोखरा पोखरा उद्योग वाणिज्य संघले गर्दै आएको राष्ट्रिय व्यापार मेला शुक्रबारदेखि पोखरामा सुरु भएको छ । मेला मंसिर २५ गतेसम्म प्रदर्शनी केन्द्रमा चल्नेछ । यसअघिका २ संस्करण कोरोना महामारीको चपेटामा परेको मेला फेरि सञ्चालन हुँदा...

पोखरा
पोखरा उद्योग वाणिज्य संघले गर्दै आएको राष्ट्रिय व्यापार मेला शुक्रबारदेखि पोखरामा सुरु भएको छ । मेला मंसिर २५ गतेसम्म प्रदर्शनी केन्द्रमा चल्नेछ ।

यसअघिका २ संस्करण कोरोना महामारीको चपेटामा परेको मेला फेरि सञ्चालन हुँदा उद्योगी व्यवसायीमा समेत खुसी छाएको छ भने दर्शक एवं उपभोक्तामा समेत उत्साह थपिएको छ ।

शुक्रबार मेलाको उद्घाटन गर्दै संघकै पूर्वअध्यक्ष एवं गण्डकी प्रदेशका कानुनमन्त्री विन्दुकुमार थापाले अर्थतन्त्र चलायमान बनाउन मेला सहयोगी हुने विश्वास व्यक्त गरे । ‘केही समय कोभिड महामारीका कारण समस्या प¥यो । तर, अब यस्ता मेलाले हाम्रो अर्थतन्त्रलाई चलायमान बनाउनेछ भन्नेमा विश्वस्त छु,’ उनले भने ।

संघका अध्यक्ष पवनकुमार प्रजापतिले मेलामा मेलामा डोमतर्फ ७८, अटोका ४५ र अन्य विभिन्न खालका १ सय २० वटा स्टल गरी करिब २ सय ५० स्टल राखिएको जानकारी दिए ।

मेला प्रवेश गर्न टिकट शुल्क १ सय र विद्यार्थीका लागि ६० रुपैयाँ लाग्नेछ ।

प्रकाशित मिति २०७९ मंसिर १७ गते शनिबार १२:०२
हजुरको प्रतिक्रिया