२०८३ साउन २१ गते बिहीबार

स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङ विजयी

स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङ विजयी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १८ गते आइतबार १०:२३

गुरुङले अर्याललाई ५ हजार ६ सय २७ मतान्तरले पराजित गरे ।

स्याङ्जा
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ प्रतिनिधि सभातर्फ स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पद्मा कुमारी अर्याललाई ५ हजार ६ सय २७ मतान्तरले पराजित गरे । गुरुङले ३१ हजार ४ सय ६६ मत पाउँदा एमालेकी अर्यालले २५ हजार ८ सय ३९ मत ल्याइन् ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ८ हजार १ सय १३ मत ल्याए । निर्वाचन क्षेत्रमा ७० हजार १ सय ९१ मत खसेको थियो । स्याङ्जा–२ मा मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि १० दिनसम्म गणना रोकिएको थियो ।

 

प्रकाशित मिति २०७९ मंसिर १८ गते आइतबार १०:२३
हजुरको प्रतिक्रिया