२०८३ असोज २३ गते शुक्रबार

विश्वकपमा मेसीले तोडे रोनाल्डोको कीर्तिमान

विश्वकपमा मेसीले तोडे रोनाल्डोको कीर्तिमान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १८ गते आइतबार ११:१९

देशका लागि १६९ खेल खेलेका मेसीले गएराति अस्ट्रेलियाविरूद्ध एक गोल गरेसँगै अन्तर्राष्ट्रिय गोल संख्या ९४ पुर्‍याएका छन्। यो गोलसँगै विश्वकपमा सर्वाधिक गोल गर्ने सूचीमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् ।

मेसी : करिअरको १०००औं खेल,१०० औं खेलमा कप्तानी

कतारमा जारी विश्वकप अन्तर्गत गएराति अस्ट्रेलियाविरूद्ध खेल्दा लियोनेल मेसीले करिअरको १००० औं खेल खेले। मेसीले १ हजार खेलको कोशेढुंगा पार गरेको यो खेलमा अर्जेन्टिनाका लागि कप्तानी गरेको १०० औं खेल पनि थियो ।

देशका लागि १६९ खेल खेलेका मेसीले गएराति अस्ट्रेलियाविरूद्ध एक गोल गरेसँगै अन्तर्राष्ट्रिय गोल संख्या ९४ पुर्‍याएका छन्। यो गोलसँगै विश्वकपमा सर्वाधिक गोल गर्ने सूचीमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् । मेसीको गोल संख्या ९ पुगेको छ । यसअघि उनी र रोनाल्डोको गोल संख्या समान ८-८ थियो।

मेस्सीले २३ खेलमा ९ गोल गरेका हुन् भने २० खेल खेलेका रोनाल्डोले ८ गोल गरेका छन्।

विश्वकपमा सर्वाधिक गोल भने जर्मनीका पूर्वखेलाडी मिरोस्लाभ क्लोजले गरेका छन्। उनले २४ खेलमा सर्वाधिक १६ गोल गरेका छन्। यस्तै ब्राजिलका पूर्व खेलाडी रोनाल्डोले १९ खेलबाट १५ गोल गरेका छन्। फ्रान्सका केलियन एम्बाप्पेले १० खेलबाट ७ गोल गरिसकेका छन्।

अर्जेन्टिना कतारमा जारी २२ औं संस्करण फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराति अहमेद बिन अलि स्टेडियममा भएको खेलमा अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले क्वाटरफाइनलमामा नेदरल्याण्डसँगको भेट पक्का गरेको हो।

अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेसी र जुलियन अल्भारेजले एक-एक गोल गरे। अष्ट्रेलियाले एक गोल आत्मघाती उपहार पायो। खेलको ३५ औं मिनेटमा कप्तान मेसीले गोल गर्दै अर्जेन्टिनालाई सुरूआती अग्रता दिलाए। विश्वकपको नकआउट चरणमा उनको पहिलो गोल हो। खेलको ५७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई दोब्बर अग्रता दिलाए । अस्ट्रेलियाका किपर रायनको गल्तीमा अल्भारेजले गोल गर्न सफल भएका थिए।

खेलको ७७ मिनेटमा अस्ट्रेलियाले गोल फर्कायो। गुडविनले डिबक्स बाहिरबाट हानेको सशक्त प्रहार इन्जो फर्नान्डेजको शरिरमा लागेर गोल पोस्टमा छिरेको थियो। त्यसपछि खेलमा कुनै गोल भएन र अर्जेन्टिनाले खेल २–१ जित्यो।

दुई पटकको विजेता अर्जेन्टिना विश्वकपमा आठौं पटक अन्तिम आठमा पुगेको हो। अब अन्तिम आठमा अर्जेन्टिनाले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। नेदरल्यान्ड्सले यसअघि अमेरिकालाई ३-१ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो।

अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल आगामी शुक्रबार राति हुनेछ।

प्रकाशित मिति २०७९ मंसिर १८ गते आइतबार ११:१९
हजुरको प्रतिक्रिया