२०८३ साउन २१ गते बिहीबार

समानुपातिकतर्फ १ करोड ४ लाख मत गणना, कसको कति ?

समानुपातिकतर्फ १ करोड ४ लाख मत गणना, कसको कति ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १८ गते आइतबार ११:५५

थ्रेस होल्ड कटाउन संघर्षरत् नेकपा एसले २ लाख ९४ हजार ३ सय ६२ मत ल्याएको छ ।

पोखरा

 

मंसिर ४ गते भएको संसदीय निर्वाचनको मत गणना कार्य अब अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फ दोलखामा मात्र मत गणना भइरहेको छ भने समानुपातिकतर्फ आइतबार बिहान १० बजेसम्म १ करोड ४ लाख २० हजार १ सय २५ मत गणना भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

 

मत गणना अनुसार नेकपा एमालेले २७ लाख ८८ हजार ३५६ मत ल्याएर अग्रता कायमै राखेको छ । नेपाली कांग्रेसले २६ लाख ६० हजार २ सय ४६ मत ल्याएर दोस्रो भएको छ ।
एमाले–कांग्रेसबीचको मतान्तर १ लाख २८ हजार १ सय १० छ ।

 

माओवादी केन्द्र ११ लाख ६२ हजार १२४ मत ल्याएर तेस्रो, ११ लाख २४ हजार ५ सय ४३ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी चौंथो भएको छ । पाँचौमा रहेको राप्रपाको ५ लाख ८६ हजार ६ सय ३८ मत छ । जनता समाजवादी पार्टीको ४ लाख २० हजार ९ सउय ४६ मत छ ।

 

जनमत पार्टीले ३ लाख ९४ हजार ५ सय २३ मत ल्याएको छ । थ्रेस होल्ड कटाउन संघर्षरत् नेकपा एसले २ लाख ९४ हजार ३ सय ६२ मत ल्याएको छ ।

 

प्रकाशित मिति २०७९ मंसिर १८ गते आइतबार ११:५५
हजुरको प्रतिक्रिया