पोखरा
मंसिर ४ गते भएको संसदीय निर्वाचनको प्रतिनिधि सभाको १ सय ६५ क्षेत्र मध्ये १ सय ६४ क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । मत परिणम अनुसार नेपाली कांग्रेस प्रत्यक्षतर्फ पहिलो दल बनेको छ । पहिलो दल बनेको नेपाली कांग्रेसले ५५ सिट जितेको छ ।
दोस्रो दल नेकपा एमालेले ४४ ठाउँमा जितेको छ भने एक क्षेत्रमा अग्रता लिएको छ । गणना गर्न बाँकी रहेको दोलखामा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् । माओवादी केन्द्रका उम्मेदवार गंग केसी भन्दा उनी करिब १५ सय मतले अगाडि छन् ।
प्रत्यक्षतर्फ नेकपा माओवादीले १७, नेकपा एकीकृत समाजवादीले १० सिट जितेका छन् । जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ७/७ सित जिते भने स्वतन्त्र ५, लोकतान्त्रिक समाजवादी ४, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी र नेपाल मजदुर किसान पार्टीले एक/एक सिट जितेका छन् । दोलखाको मत परिणाम आउन बाँकी रहेको छ ।
प्रकाशित मिति २०७९ मंसिर १८ गते आइतबार १२:१९