पोखरा
पद्म नर्सिङ कलेजको भाद्रदेखि रोकिएको पढाई आईतबारदेखि नियमित रुपमा संचालनमा आएको छ ।
क्याम्पसमा आबद्ध कर्मचारीले २० महिनादेखि तलब नपाएको भन्दै गरेको आन्दोलनले विद्यार्थीको पठनपाठन भएको थियो । शिक्षक कर्मचारीले आफूहरुको तलब पाएको भोलिपल्टै पढाउन सुरु गर्ने अडान लिदैँ प्रशासन, श्रम कार्यालय, सिटिभीटिसम्म निवेदन दिएका थिए ।
चौतर्फी दबाव पछि बसेको पद्म नर्सिङ अस्पताल, नदिपुर र नर्सिङ क्याम्पसको बैठकले कर्मचारीको तलब एक हप्तामा दिने सहमति भएपछि पढाई सुरु भएको हो । क्याम्पसलाई अब अस्पतालले व्यवस्थापन गर्ने प्रबन्ध निर्देशक नरेन्द्र बास्तोलाले जानकारी दिए । हाल विद्यार्थीको पढाई अस्पताल रहेको स्थान नदिपुरबाट सञ्चालनमा आएको छ ।
पिसिएल तेस्रो वर्षको अन्तिम परीक्षा नजिकिदै जाँदा छात्राहरुको पढाई रोकिएको थियो । जसले गर्दा त्यहाँ अध्ययनरत ३१ छात्रा चिन्तित थिए । पढाई रोकिएको बारे विद्यार्थी संंगठन अनेरास्ववियुले पनि क्याम्पस प्रशासनलाई दबाव दिएको थियो । हाल पढाइ सुरु भएसँगै विद्यार्थीहरुले राहत महसुस गरेका छन् ।
प्रकाशित मिति २०७९ मंसिर १८ गते आइतबार १२:४७




