२०८३ असोज २३ गते शुक्रबार

स्वर सम्राट नारायण गोपालको आज स्मृति दिवस

स्वर सम्राट नारायण गोपालको आज स्मृति दिवस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १९ गते सोमबार ०९:३५

जनस्तरबाट स्वर सम्राट भनेर कहलिएका नारायण गोपाललाई किङ अफ ट्रेजेडी पनि भन्ने गरिएको छ ।

आज पोखरामा नारायण गोपाल स्मृति साँझ

पोखरा
स्वर सम्राट नारायण गोपालको आज ३२ औं स्मृति दिवस । विविध कार्यक्रम गरी आज उनको स्मृति दिवस मनाइँदै छ । विसं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ अर्थात आजकै दिन निधन भएको थियो ।
आफ्नो जादुमयी आवाजबाट सबैलाई आकर्षण गरेका उनले स्वर सम्राटको उपाधि पाएका थिए । विक्रम सम्वत् २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले त्यसपछि गायन यात्रालाई निरन्तरता दिए । उनका सदाबहार र कालजयी गीत आजका पुस्ताले समेत मन पराउने गरेका छन् ।

उनले आफ्नो गायन यात्रामा १ सय ३६ भन्दा धेरै गीत गाएका छन् । नारायण गोपालले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका गीतमा समेत आवाज भरेका छन् । जनस्तरबाट स्वर सम्राट भनेर कहलिएका नारायण गोपाललाई किङ अफ ट्रेजेडी पनि भन्ने गरिएको छ ।

पोखरामा स्मृति साँझ
गायक नारायण गोपालको सम्झानामा आज पोखरामा नारायणगोपाल स्मृति साँझ हुँदैछ । विभिन्न संघ संस्थाको आयोजनामा पोखरा उद्योग वाणिज्य संघको अमृतकक्षमा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा रामभक्त जोजिजू, विनोद बानिया,इतु जोजिजू, एमडी काफ्ले, रजनी ऋदम राई, सन्तोष बस्याल र उषा गुरुङले नारायण गोपालले गाएका कालजयी गीत प्रस्तुत गर्नेछन् । पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा हुने उक्त कार्यक्रममा पब्लिक फोके टेलिभिजनले सहकार्य गरेको छ ।

 

 

प्रकाशित मिति २०७९ मंसिर १९ गते सोमबार ०९:३५
हजुरको प्रतिक्रिया