२०८३ साउन २१ गते बिहीबार

आईपीएल : पञ्जावविरूद्द काेलकत्ता २ रनले विजयी

आईपीएल :  पञ्जावविरूद्द काेलकत्ता २ रनले विजयी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २४ गते शनिबार ०९:३९

पाेखरा । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकत्ता नाइट राइडर्सले किङ्स इलाभेन पन्जाबलाई २ रनले पराजित गरेको छ । शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको पन्जाब २० ओभरमा ५ विकेट गुमाएर...

पाेखरा । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकत्ता नाइट राइडर्सले किङ्स इलाभेन पन्जाबलाई २ रनले पराजित गरेको छ ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको पन्जाब २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन समेटियो । कप्तान केएल राहुल र मायांक अग्रवालले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको पराजय टार्न सकेनन ।

पन्जाबका लागि लोकेश राहुलले ७४ र मायांक अग्रवालले ५६ रन बनाएका थिए । यस्तै निकोलस पुरन १६ रनमा आउट हुँदा ग्लेन म्याक्सवेल १० रनमा अविजित रहे । पन्जाब जितको नजिक पुगेर पनि अन्तिममा चल्न नसकेपछि पराजित भयो । अन्तिम २ ओभरमा २० रन आवश्यक हुँदा २ ओभरमा ३ विकेट गुमाएको पन्जाबमाथि कोलकत्ताले २ रनले जित निकालेको हाे ।

कोलकत्ताका प्रशिद्द कृष्णले ३ विकेट लिए भने सुनिल नारिनले दुई विकेट हाथ पारे । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

कप्तान दिनेश कार्तिक र सुभमन गिलको अर्धशतकमा कोलकाताले उक्त रन बनाएको हो । कार्तिकले २९ बलमा ५८ रनको योगदान दिँदा गिल ४७ बलमा ५७ रन बनाए ।

ओईन मोर्गन २४, ओपनर राहुल त्रिपाठीलाई ४ रन र नितेश राणाले २ रन मात्र जोडे । आन्द्रे रसेल ५ रनमा आउट हुँदा प्याट कमिन्स ५ रनमा अविजित रहे । यस्तै पन्जाबका लागि रबि बिश्रोई ले १ विकेट लिए । यस्तै मोहम्मद शामी, अर्शदीप सिंहलेसमान एक एक १ विकेट लिएका थिए ।

यो जितसँगै कोलकाता ६ खेलमा ४ मा जित र २ मा हार सहित तेस्रो स्थानमा उक्लिएको छ भने पन्जाब ७ खेलमा ६ मा हार र १ मा जितसहित पुछारमा छ ।

प्रकाशित मिति २०७७ असोज २४ गते शनिबार ०९:३९
हजुरको प्रतिक्रिया