२०८३ साउन २१ गते बिहीबार

शेयर बजार साढे २४ अङ्कले घट्यो, १ अर्ब ६७ करोड रुपैयाँको कारोबार

शेयर बजार साढे २४ अङ्कले घट्यो, १ अर्ब ६७ करोड रुपैयाँको कारोबार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १९ गते सोमबार ०३:३१

पोखरा शेयर बजार आज साेमवार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ४६ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ७६ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा फाइनान्स, जलविद्युत्, बीमा र माइक्रोफाइनान्स...

पोखरा

शेयर बजार आज साेमवार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ४६ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ७६ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा फाइनान्स, जलविद्युत्, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकममा भने हिजो आइतवारको तुलनामा सुधार आएको छ । दुई सय ४० वटा कम्पनीकाे ४१ लाख २७ हजार कित्ता शेयर एक अर्ब ६७ करोड चार लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै रिडी हाइड्रो ३० करोड ८३ लाख र शिवम् सिमेन्टको २० करोड २३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै अजोड इन्सुरेन्सको शेयर साढे सात प्रतिशतले घटेको छ । बजार राताम्मे भएको दिन सयपत्री हाइड्रोको शेयर भने तीन प्रतिशतले बढेको छ ।

प्रकाशित मिति २०७९ मंसिर १९ गते सोमबार ०३:३१
हजुरको प्रतिक्रिया