पोखरा
क्रोएसियासँगको खेलको सुरुवाती चरणमा लिएको अग्रतालाई जोगाउन नसक्दा जापान विश्व कप फुटबलबाट बाहिरिएको छ । जापान पेनाल्टी सुट आउटको शिकार भएको छ ।
पेनाल्टी सुट आउटमा जापानलाई पराजित गर्दै क्रोएसिया विश्व कप फुटबलको क्वाटर फाइनलमा पुगेको हो । कतारको अल जनौब स्टेडियममा भएको खेलमा क्रोएसियाले जापानलाई पेनाल्टी शुट आउटमा तीन–एकले पराजित गरेको हो ।
यसअघि जापानका लागि खेलको ४३ औं मिनेटमा डेजन मायदाले गोल गरे । क्रोएसियाका लागि इभाना पेरिसिकले ५५ औं मिनेटमा गोल गरेर खेललार्य बराबरीमा ल्याए । निर्धारित ९० मिनेटमा थप गोल हुन नसकेपछि ३० मिनेट थपिएको थियो । थपिएको समयमा पनि गोल नभएपछि खेल पेनाल्टी सुट आउटमा पुगेको हो । सन २०१८ काे उपिवजेता क्रोएसियाले क्वाटरफाइनलमा ब्राजिलसँग खेल्नेछ ।
प्रकाशित मिति २०७९ मंसिर २० गते मंगलबार ०८:२८