२०८३ साउन २१ गते बिहीबार

पाँच पटक विश्व कप उचालेको ब्राजिल क्वाटरफाइनलमा

पाँच पटक विश्व कप उचालेको ब्राजिल क्वाटरफाइनलमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २० गते मंगलबार ०८:४८

ब्राजिलले सन १९५८, १९६२, १९७०, १९९४ र २००२ गरी पाँच पटक विश्व कप जितेको छ ।

पोखरा

पाँच पटकसम्म विश्व कप उचालेको ब्राजिल दक्षिण कोरियालाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । ब्राजिलले दक्षिण कोरियालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलले अब क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ । क्रोएसिया सन २०१८ को विश्व कपको उपविजेता हो । ब्राजिलले ४ गोल नै खेलको पहिलो हाफमा गर्यो । खेलको ७ औँ मिनेटमा भिनिसियस जुनिअर, १३ औं मिनेटमा नेयमार, २९औं मिनेटमा रिचार्लीसन र ३६औं मिनेटमा लुकास पाक्वेटाले गोल गरे ।

नेयमारले पेनाल्टीमा गोल गरेका हुन् । दक्षिण कोरियाका स्युङ–हो पाइकले ७६औं मिनेटमा एक गोल फर्काए । ब्राजिलले सन १९५८, १९६२, १९७०, १९९४ र २००२ गरी पाँच पटक विश्व कप जितेको छ ।

 

प्रकाशित मिति २०७९ मंसिर २० गते मंगलबार ०८:४८
हजुरको प्रतिक्रिया