२०८३ असोज २३ गते शुक्रबार

विद्याको चुनाव खर्च १९ लाख ७९ हजार रुपैयाँ

विद्याको चुनाव खर्च १९ लाख ७९ हजार रुपैयाँ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २१ गते बुधबार ०३:००

पोखरा । कास्की २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित एमाले उम्मेदवार विद्या भट्टराईले निर्वाचनमा १९ लाख ७९ हजार रुपैयाँ खर्च गरेकी छन् । निर्वाचन परिचालन कमिटीले बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कास्की २ का प्रतिनिधिसभा...

पोखरा । कास्की २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित एमाले उम्मेदवार विद्या भट्टराईले निर्वाचनमा १९ लाख ७९ हजार रुपैयाँ खर्च गरेकी छन् ।

निर्वाचन परिचालन कमिटीले बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कास्की २ का प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन क्षेत्रमा भएको खर्च सार्वजनिक गरेको हो ।

कास्की-२ कै निर्वाचन प्रदेश सभा निर्वाचन क्षेत्र १ मा १३ लाख १५ हजार प्रदेश १(१) र प्रदेश सभा २ मा ११ लाख २३ हजार रुपैयाँ खर्च भएको छ ।

कसैसँग चन्दा नउठाइ स्वयं उम्मेदवारले सबै खर्च व्यहोरेको उक्त क्षेत्रको निर्वाचन परिचालन कमिटीले जनाएको छ ।

कास्की २ को प्रदेश सभा १ मा भीमबहादुर कार्की निर्वाचित भएका थिए । कास्की २(२) मा भने एमाले उम्मेदवार मिनाकुमारी गुरुङ कांग्रेस उम्मेदवार विन्दुकुमार थापासँग पराजित भएकी थिइन् ।

निर्वाचन आयोगले कास्की-२ को प्रतिनिधिसभामा २७ लाख रुपैयाँ र दुई प्रदेश सभा निर्वाचन क्षेत्रमा १५ लाख रुपैयाँ खर्च गर्न सक्ने सीमा तोकेको थियो ।

प्रकाशित मिति २०७९ मंसिर २१ गते बुधबार ०३:००
हजुरको प्रतिक्रिया