२०८३ साउन २१ गते बिहीबार

नेपाल लिटरेचर फेस्टिभलमा ओली सहभागी हुने

नेपाल लिटरेचर फेस्टिभलमा ओली सहभागी हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २२ गते बिहीबार ०७:१८

फेस्टिभलमा बुकर पुरस्कार विजेता शेहान करूनातिलाका, मास्टर सेफ सन्ताेष साहलगायत पनि सहभागी हुनेछन् ।

पोखरा ।

आउँदो पुस ६ गतेदेखि १० गतेसम्म पोखरामा हुने नेपाल लिटरेचर फेस्टिभलमा पूर्वप्रधानमन्न्री केपी ओली आउने भएका छन् । नेकपा एमाले अध्यक्षसमेत रहेका ओली गैरराजनीतिक व्यक्तित्वबारे प्रस्तुति दिने आयोजक बुकवर्म फाउन्डेसनका निरज भारीले जानकारी दिए ।

कार्यक्रमकाे सहजीकरणा पत्रकार अखण्ड भण्डारीले गर्नेछन् ।

लिटरेचर फेस्टिभलको १० औं संस्करण पोखरा लेकसाइडको बाराही घाट नजिक फेवाताल किनारमा हुने भएको छ ।

फेस्टिभलमा बुकर पुरस्कार विजेता शेहान करूनातिलाका, मास्टर सेफ सन्ताेष साहलगायत पनि सहभागी हुनेछन् ।

प्रकाशित मिति २०७९ मंसिर २२ गते बिहीबार ०७:१८
हजुरको प्रतिक्रिया