पाेखरा
कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । आज साँझ पहिलो र दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।
पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे सुरु हुनेछ । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । यस्तै मध्यराति पौने १ बजे सुरु हुने दोस्रो क्वाटरफाइनल नेदरल्यान्डस् र अर्जेन्टिनाबीच हुनेछ ।
खेल लुसेल आइकोनिक स्टेडियममा हुनेछ ।
यी दुई टोली पछिल्लो पटक सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा सेमिफाइनलमा भिडेका थिए ।
क्रोएसिया फिफा वरीयतामा १२ औं स्थानमा छ । कतार विश्वकपमा अपराजित रहँदै क्रोएसिया क्वाटरफाइनल पुगेको हो भने ब्राजिल एक खेल पराजित भइसकेको छ ।
मोरक्कोविरुद्ध गोलरहित बराबरी खेल्दै विश्वकप सुरु गरेको क्रोएसियाले क्यानडाविरुद्ध ४–१ को जित निकालेको थियो ।
अन्तिम १६ मा १२० मिनेटको खेल १–१ को बराबरी भएपछि जापानलाई पेनाल्टी सुटआउटमा ३(१ ले हराएर क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो ।
८ औं फिफा वरियतामा रहेको ३ पटकसम्म विश्वकपको फाइनल पुगेर पनि उपाधि जित्न सकेको छैन ।
सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा सेमिफाइनलसम्म पुगेको नेदरल्यान्ड्स अर्जेन्टिनासँग पराजित भएको थियो ।
प्रकाशित मिति २०७९ मंसिर २३ गते शुक्रबार ०८:५३




