२०८३ कात्तिक ११ गते मंगलबार

आइतबार पोखरामा थपिए ५१ संक्रमित

आइतबार पोखरामा थपिए ५१ संक्रमित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २५ गते आइतबार ०२:३७

पाेखरा । आइतवार पोखराका ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पाेखरा १० का एक ९ बर्षीय बालकसहित गण्डकी प्रदेशमा ११० जना संक्रमित बनेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । निर्देशानलयका निर्देशक डा बिनोदबिन्दु...

प्रदेशमा ११० संक्रमित थपिँदा कुल संक्रमित संख्या ४८०१ पुग्यो

पाेखरा । आइतवार पोखराका ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पाेखरा १० का एक ९ बर्षीय बालकसहित गण्डकी प्रदेशमा ११० जना संक्रमित बनेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
निर्देशानलयका निर्देशक डा बिनोदबिन्दु शर्माका अनुसार कास्की जिल्ला, पोखरा महानगरपालिका-८ का २ जना पुरुष चरक अस्पतालमा उपचाररत बिरामी हुन भने पोखरा १७ का १९ बर्षीया युवती ओम अस्पताल पोखरामा कार्यरत स्वास्थ्यकर्मी हुन । अन्य संक्रमितहरुमा पोखरा १६ का १५ जना लगायत छन ।
यसै गरी बागलुङ जिल्लामा बाग्लुङ नगरपालिकाका २९ जना पुरुष र १ जना महिला गरि ३० जना नेपाल आर्मी,२ जना नेपाल प्रहरी र २ जना बाग्लुङ ईजलासमा कार्यरत, एक जना जिल्ला प्रहरी कार्यालयका थुनुवा र वार्ड नं २ का ५६ बर्षीय पुरुष स्थानीय ब्यबसायीलाई संक्रमित पुष्टी भएको छ ।
लमजुङ्को राइनास ईनास ७ का ३९ बर्षीय महिला ओम अस्पताल लमजुङमा कार्यरत स्वास्थ्यकर्मी रहेको निर्देशनालयले उल्लेख गरेको छ ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४८०१ पुगेको छ ।

प्रकाशित मिति २०७७ असोज २५ गते आइतबार ०२:३७
हजुरको प्रतिक्रिया