नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन भएका गण्डकी प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ । एमालेले चयन गरेका १० सांसदमा कास्की र बागलुङका मात्रै ४/४ जना छन् । बाँकी २ जना स्याङ्जा र लमजुङका छन् ।
मनाङ, मुस्ताङ, गोरखा, पर्वत, म्याग्दी, तनहुँ, गोरखा, नवलपुरबाट समानुपातिक सहभागिता शून्य भएको छ ।
म्याग्दी, मनाङ, मुस्ताङ र गोरखा जिल्लाबाट गण्डकी प्रदेश सभामा एमालेबाट प्रत्यक्ष र समानुपातिक कुनै पनि सांसदको उपस्थिति नहुने भएको हो ।
१२ सिट प्रत्यक्ष जितेको एमालेबाट १० जना समानुपातिकसहित ६० सदस्यीय प्रदेश सभामा एमालेका २२ जनाको सहभागिता भएको छ । जसमा कास्कीबाट मात्रै ८ सांसद प्रदेश सभामा हुने भएका छन् । प्रत्यक्षमा एक सिट पनि नजितेकाे बागलुङमा समानुपातिकबाट मात्र ४ जना सांसद भएका हुन् ।
यी हुन्, एमाले समानुपातिक सांसद
खसआर्य महिला
यशोदा रिमाल, लमजुङ
देवका पहाडी, कास्की
खसआर्य पुरुष
कृष्णप्रसाद पाठक, बाग्लुङ
प्रकाशबहादुर केसी, कास्की
आदिवासी जनजाति महिला
विनाकुमारी थापा, बाग्लुङ
निर्मला थापा, स्याङ्जा
राजकुमारी भुजेल, कास्की (अल्पसंख्यक)
आदिवासी जनजाति पुरुष
लिलाबहादुर थापा मगर, बाग्लुङ
दलित
नन्दकला दमाई, कास्की
गोविन्दबहादुर नेपाली, बाग्लुङ
प्रत्येक्ष चुनाव जितेकाहरु
कास्की
खगराज अधिकारी
वेदबहादुर गुरुङ
भीम कार्की
गणेशमान गुरुङ
पर्वत
भक्त कुँवर
मित्र लाल बस्याल
स्याङ्जा
सीता सुन्दास
सुधीर पौडेल
तनहुँ
श्यामराज महत
नवलपुर
पद्मा जिसी
रोशन गाहामगर
लक्ष्मणबहादुर पाण्डे




