२०८३ कात्तिक ११ गते मंगलबार

कोरोना अपडेट : पोखरामा आइतबार ७१ संक्रमित थपिए

कोरोना अपडेट : पोखरामा आइतबार ७१ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २५ गते आइतबार ०४:०२

पाेखरा । आइतवार पोखराका ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । पोखरा महानगरपालिकाका ७१ जनासहित गण्डकी प्रदेशमा १५४ जना संक्रमित बनेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । आइतबार संक्रमित हुनेमा पोखरा...

आइतबार गण्डकी प्रदेशमा थप १५४ संक्रमित

पाेखरा । आइतवार पोखराका ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । पोखरा महानगरपालिकाका ७१ जनासहित गण्डकी प्रदेशमा १५४ जना संक्रमित बनेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

आइतबार संक्रमित हुनेमा पोखरा १७ का १९ बर्षीया युवती ओम अस्पताल पोखरामा कार्यरत स्वास्थ्यकर्मी हुन । पोखरा ५ का ३५ बर्षीय पुरुष एकजना पत्रकार, भाैतिक पूर्बाधार विकास मन्त्रालयमा कार्यरत ७ जना कर्मचारी, गण्डकी मेडिकल कलेज जिएमसी अस्पतालमा उपचाररत बिरामी ४ जना, चरक मेमाेरियल अस्पताल पोखरामा उपचाररत विरामी २ जना लगायत अन्य संक्रमितहरुमा पोखरा १६ का मात्रै १५ जना रहेको निर्देशानलयका निर्देशक डा बिनोदबिन्दु शर्माले उल्लेख गरेका छन ।

यसै गरी बागलुङ जिल्लामा बाग्लुङ नगरपालिकाका २९ जना पुरुष र १ जना महिला गरि ३० जना नेपाल आर्मी,२ जना नेपाल प्रहरी र २ जना बाग्लुङ ईजलासमा कार्यरत, एक जना जिल्ला प्रहरी कार्यालयका थुनुवा र वार्ड नं २ का ५६ बर्षीय पुरुष स्थानीय ब्यबसायीलाई संक्रमित पुष्टी भएको छ ।
लमजुङ्को राइनास ईनास ७ का ३९ बर्षीय महिला ओम अस्पताल लमजुङमा कार्यरत स्वास्थ्यकर्मी रहेको निर्देशनालयले उल्लेख गरेको छ ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४८४५ पुगेको छ ।

प्रकाशित मिति २०७७ असोज २५ गते आइतबार ०४:०२
हजुरको प्रतिक्रिया